कलैया । पुर्वाधार बिकास कार्यालय कलैया बाराको निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले कमिशन उठाउने बाध्यता भएको स्विकार गरेपनि सम्बन्धित निकाय मौन रहेको देखिएको छ।
निमित्त कार्यालय प्रमुख साहको बिषयमा पुर्ब मुख्यमंत्री सरोज कुमार यादव सहित अख्तियार दुरुपयोग अनुसंधान आयोगले समेत छानबिन गरेको छ। साथै बिभिन्न समयमा समाजिक सञ्जाल सहित ठेकेदारहरु निमित्त कार्यालय प्रमुख साह माथि कमिशन माग गर्ने आरोप लाग्दै आएको छ। भने केहि दिन पहिला बिभिन्न सञ्चार माध्यम निमित्त कार्यालय प्रमुख साहको बिषयमा समाचार प्रकाशन हुदाँ निमित्त कार्यालय प्रमुख साहले आफैले स्विकार गरेका छन कि मन्त्रालयले समेत कमिशन माग गर्ने गरेकोले कमिशन उठाउनुपर्ने बाध्यता रहेको छ।
निमित्त कार्यालय प्रमुख साहले स्विकार गरेको तथा ठेकेदारहरुले आरोप लगाएको बिषयमा यस दैनिक सँग बिभिन्न सँचार माध्यमले प्राथमिकताको साथमा समाचार प्रकाशन गर्ने गरेमा सम्बन्धित निकाय मौन बस्नुमा थप शँका उत्पन्न भएको छ।
यसरी सम्बन्धित निकाय मौन बस्नुमा नेपालको संबिधान तथा नेपालमा बिधिको शासन नभएकोले चौतर्फी आलोचना भएको छ। भने मधेश प्रदेशको सदनमा मुख्यमंत्री सरोज कुमार यादवले निमित्त कार्यालय प्रमुख साहको बिषयमा आवाज उठाउँदा साहको सरुवा हुनु र हप्ता नबित्दै पुनः निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिनु मधेश प्रदेश सरकार माथि नै शँका उत्पन्न भएको छ।