रूपेश यादव, रौतहट । फतुवा बिजयपुर नगरपालिका वडा नम्बर -५ सन्तपुर दाेस्तियाकाे आयाेजनामा संचालित महिला हिंसा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिमकाे आयोजना गरिएकाे थियो।
महिलाहरुको क्षमता विकास तथा परिचालन गरी सम्भावित महिला हिंसाहरुको रोकथाम गर्ने महिला हिंसा सम्बन्धी बुझाइलाई समुदायस्तरसम्म पुर्याउने उद्देश्यले ८० जना महिलाहरुलाई तालिमको आयोजना गरिएको हो ।
वडा नम्बर -५काे कार्यालयमा कार्यक्रमकाे आयाेजना गरिएको थियो । महिलाहरु माथि हुने हिंसाकाे बिरुद्ध बारे छलफल तथा गाउँ घरमा हुने बिकृतीहरुकाे बारेमा तथा राेकथाम बारे स्पष्ट पारेका थियो ।
उक्त वडाका वडा अध्यक्ष एजाज अहमदकाे अध्यक्षतामा उद्घाटन गरि कार्यक्रम सुरु भएको थियो । कार्यक्रम सञ्चालकका रुपमा संजिव साहले सहजिकरण गर्नु भएको थियो । वडामा यस्ता कार्यक्रम सञ्चालन भएको संगै महिलाहरूकाे चेतनामा बृद्धी हुने स्थानीय माेजफर आलमले बताए ।
यस्तै वडा नम्बर -६ पेटभर्वामा बालविवाह राेक्थामका लागि ३ दिने जनचेतना कार्यक्रम गरिएको छ।
साेही वडाका वडा अध्यक्ष रामएकवाल राय यादवकाे अध्यक्षतामा उद्घाटन गरेर कार्यक्रमलाई अगाडि बढाएको र ‘बाल विवाह राेक्थाम सम्बन्धी जनचेतना कार्यक्रम १०० जना ब्यक्तिहरुकाे सहभागीतामा कार्यक्रम भएको हाे जस मध्ये ५० जना महिला थियो भने ५० जना पुरुषकाे सहभागीता रहेको थियो ।
वडा नम्बर -६ स्थित श्री माध्यमिक बिधालय पेटभर्वामा उक्त कार्यक्रमकाे आयाेजना गरिएको थियोे ।
कार्यक्रममा बाेल्दै कार्यक्रम सञ्चालक रामईश्वर साहले बालविवाह गर्नु भनेकाे खतराकाे घन्टीमा बजिरहेका बुझ्नुपर्ने बताए ।
उमेर पुर्याएर बिवाह गर्नु पर्ने आवश्यकता हुदाहुदै अहिले बालविवाहकाे संख्या बढदाे क्रम रहेकोले यसमा सबैले मिलेर अन्तय गर्नु पर्ने बुझिन्छ ।
१६ बर्ष पछि मानिसलाई अगाडि बढनु पर्ने समय हुन्छ त्यसै वरिपरि बिवाह गरेर मानसिक समाजिकमा असर पर्ने कार्य नगर्न आग्रह समेत गरे।
यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा सञ्चालन भएकोले आफुहरुलाई धेरै खुसी लागेकाे सहभागीहरु बताए ।
यस कार्यक्रमले नगरपालिका भित्रका महिला तथा पुरुषलाई थप उर्जा मिल्ने समाजसेवी राकेश कुमार यादवले बताए ।
यस्ता कार्यक्रमले थप सहज हुने तथा कार्यक्रम प्रभावकारी हुने यादवले बताए । उक्त कार्यक्रममा वडा सचिव हिरालाल महताे , गाउँका भद्रभलाद्मी , नगरपालिकाका तर्फबाट प्रतिनिधि सुरक्षाकर्मी तथा पत्रकारहरुकाे सहभागीता रहेका थियोे ।