जितेन्द्र प्रसाद चौधरी, कोल्हबी । बाराको कोल्हवी १ कोल्हबी बजारमा शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञानु चौधरीको सभापतित्वमा सम्पन्न भएका कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका बिशिस्ट अतिथिहरुमा कोल्हवी नगरपालिकाकी उप प्रमुख लक्ष्मी कुमारी चौधरी , प्रमुख प्रशास्किय अधिकृत पितानाथ लुइँटेल , इलाका प्रशासन कार्यालय कोल्हवीका प्रतिनिधि अनिल बहादुर धानुक अतिथिहरू कोल्हवी न. पा वडा न. १ का वडअध्यक्ष राजहरण चौधरी , २ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारी , ४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली , इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख किशन बस्नेत , शस्त्र वेस क्याम्प कोल्हवीका प्रमुख सुनिल श्रीवास्तव , तामागढी साझेदारी वनका अध्यक्ष रबिन्द्र पनुहर , कोल्हवी नगर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मी शाह कलवार , शिक्षा शाखा प्रमुख मिश्रीलाल शाह , स्वास्थ्य शाखा प्रमुख मनोज चौधरी , लगायतको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा राजेन्द्र मैनाली , बद्री भट्ट , भुवन चौधरी , हरिअर चौधरी , केवल चौधरी , जयप्रकाश चौधरी , रामनाथ चौधरी , किशोरी प्रसाद चौधरी , राम, रामदयाल चौधरी लगायतकोले आ – आफ्नो जिज्ञासा राख्नु भएको थियो ।
स्वास्थ्यसङ्ग सम्बन्धि आएका जिज्ञासाहलाई स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले सम्बोधन गर्नु भएको थियो । त्यस्तै जनताका गुनासालाइ सम्बोधन गर्नु हुँदै नगर प्रमुख रामप्रसाद चौधरीले यस पालिकाको स्वास्थको अवस्था पहिले भन्दा सुधार भए पनि व्यस्थापनमा अझै जोड दिनु पर्ने बताउनु हुँदै कुनै पनि योजनाको कार्य गर्दा योजनाको बिस्तृत बिवरण सहितको बोर्ड राख्न सल्लाह दिनु भयो ।
कोल्हबी नगरपालिकाको शिक्षा अवस्था पहिला जिरो रहेको र अहिले हामी शिक्षामा १५ % माथी उठिसकेको जानकारी गराउनु भयो । अगामी दिनमा प्रत्येक वडामा एउटा देखिने काम गर्ने यस पालिकाको योजना रहेको र हामी सबै मिलि फ़ोहर व्यस्थापन गर्न सबै सहभागीहरुलाइ आग्रह गर्नु भयो ।
लाइसेन्स बिनाको शिक्षकहरु अध्यापन गराइ रहेको जिज्ञासा्मा नगर प्रमुख चौधरीले यहि चैत्र सम्म ३ बर्षको अल्टिमेटम समाप्त हुँदै छ यदि यो तीन बर्षको अवधिमा लाइसेन्स लिन नसकेको शिक्षकहरुलाइ जागिरबाट समेत हटाइने बताउनु भयो।
जनताबाटआएका गुनासालाइ तामगढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख किसन बस्नेत,स्वास्थ शाखा प्रमुख मनोज कुमार चौधरी ,वडा न १ का अध्यक्ष राजहरण चौधरी लगाएतको सम्बोधन गर्नु भएको थियो । धिरेन्द्र पनुहरले संचालन गरेको कार्यक्रम स्वागत मन्तव्य बिनीता चौधरीले राख्नु भएको थियो I