कलैया । जिल्ला प्रहरी कार्यालय बारालाई बदनाम गराउने उदेश्यले बाराको सिम्रौनगढ सिमानाकाहरुबाट रातीको समयमा तस्करी हुने गरेको छ। उक्त नाकाहरुबाट किराना समान देखि कपडा सम्मको तस्करी हुने गरेको जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सँतोष तामाङले सिमानाकामा कडाई साथ तस्करी नियन्त्रण गर्न बारम्बार दिने निर्देशनको बिपरित उक्त नाकाहरुबाट तस्करी फस्टाएको छ।
सिम्रौनगढ स्थित पथलवाघाट , कवलपुर, सतुवाई , आमको बगैंचाबाट रातीको समयमा तस्करी हुने गरेको श्रोतको दाबी रहेको छ। श्रोतको अनुसार ईलाका प्रहरी कार्यालय सिम्रौनगढको सँगल्नतामा उक्त नाकाहरुबाट रातीको समयमा तस्करी हुने गरेको छ।
उक्त नाकाहरुबाट तस्करीको लाईन पाउनेमा कपडाको तस्करी गर्न भोला , चिनि र कपडाको तस्करी गर्न गुरुदेव , चल्लाको तस्करी गर्न दास , किराना समानको तस्करी गर्न भारतिय नागरीक पण्डिजी , कपडाको तस्करी गर्न माष्टर ,मल नरेश यादव,भैँसीको तस्करी गर्न अरबिन्द साह , कपडाको तस्करी गर्न प्रविण साह , हार्डवेयरको तस्करी गर्न उपेन्द्र यादव , सुर्तिको तस्करी गर्न नितेष यादव लगायत एक दर्जनले तस्करी गर्न लाइन पाएका छन्। साथै लागुऔषध गाँजा तस्करी हुने मुख्य नाका नै पथलवाघाट रहेको छ।
यस बिषयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रहरी प्रमुख एवम् प्रहरी निरिक्षक दिपक पसाई सँग कुरा गर्दा हामीले तस्करीको समान पक्राउ गर्न लागि परेका छौँ । आफुले भ्याएसम्म काम गरीरहेकोले सिमानाकाको जिम्मेवारी सशस्त्र प्रहरीको भएकोले सशस्त्र प्रहरीसँग बुझ्न आग्रह गरेका छन्।
त्यस्तै सशस्त्र प्रहरी प्रस्तावित गुल्म प्रमुख एवम् सशस्त्र प्रहरी नायव उपरिक्षक राजन श्रेष्ठसँग कुरा गर्दा आफुलाई यहाँ आएको १० दिन मात्र भएको छ। त्यसमा पनि आफु दिन रात खटिरहेकोले यहाँबाट कुनै किसिमले तस्करी नभएको दाबी गरेका छन्।