कलैया । राजावादीले काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शनमा आगलागीमा परी कोल्हबी निवासी मुकेश चौधरीको स्टेशनरी पसल पुर्ण रुपमा जलेर नष्ट हुँदा थाकस बाराले क्षतीपुर्तीको माग गरेको छ ।
चौधरीले तिनकुनेमा संचाल गरेको मुकिल बुक्स एण्ड स्टेशनरी पसलको गोदाम पुर्ण रुपमा जलेर पौने एक करोडको क्षती भएको हो ।
सोही भवनमा भएको आगलागीमा परि एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
चौधरीले २०७१ साल देखि त्यस भवनमा पसल संचालन गरेका थिए । चौधरी बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ कोल्हबी गाउँको वासिन्दा हुन् ।
थारु कल्याणकारीणी बाराका सभापति राम प्रसाद चौधरी चैत्र १९ गते मंगलबार एक बिज्ञप्ती जारी गर्दै सो अपराधमा संलग्न दोषीहरुको छानबिन गरि कडा कारवाही गर्न आग्रह गर्दै पिडित चौधरीलाई उचित छतिपुर्ती प्रदान गर्न माग गरेको छ ।