कोल्हवी । बाराको कोल्हवीमा ६८ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ। ´गाउँ गाउँमा सहकारी , घर घरमा भकारी भन्ने मुल नारा लगाउदै बजारमा र्याली निकालेर सो दिवस मनाइएको हो ।
उक्त र्याली पश्चात कोल्हबी नगरपालिकाको सभा हलमा पालिकाले शुभकामना कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख राम प्रसाद चौधरिले फुलको गमलामा पानी हाली उद्घाटन गर्नु भएको थियो ।
नगर भरीका दर्जनौं सहकारी संस्थाको सहभागिता रहेको कार्यक्रममा वडा न.३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईटेल, सहकारी संस्थाका संचालक समिति, सदस्यहरु, कर्मचारीहरूको उपस्थिती रहेको थियो।
तामागढी बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक बासुदेब रिमालले पालिका भित्रका सहकारीको वर्गीकरण गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो । र सोही अनुसारको प्रोत्साहन गर्न पनि पालिकालाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा कोल्हवी नगरपालिका भित्रका सहकारीका प्रतिनिधि रेखा कुमारी चौधरी, लिला बस्नेत, बासुदेब रिमाल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए। भने कार्यक्रमको सन्चालन सहकारी शाखा प्रमुख लोकनाथ ओलीले गर्नु भएको थियो ।