आर.के. चौधरी, पर्सा । नेपाल राष्ट्रिय शिक्षक सङगठन, सखुवाप्रसौनी, पर्साको आयोजनामा दोस्रो पालिका अधिवेशन २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
श्री दिपनारायण आदर्श नमुना मा.वि., औराहा पञ्चगावामा सम्पन्न उक्त अधिवेशनमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले शिक्षाको महत्व र शिक्षकहरूको भूमिकामाथि प्रकाश पार्दै भने, “गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको योगदान अतुलनीय छ। शिक्षकहरू नै समाज रूपान्तरणका संवाहक हुन्। शिक्षक सङगठनहरूले शिक्षण पद्धतिमा सुधार ल्याउने, नीति निर्माणमा सुझाव दिने र शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ।”
अधिवेशनमा शिक्षकहरूको उपस्थितिसँगै विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए। विद्यालय शिक्षाको वर्तमान अवस्था, शिक्षकहरूको पेशागत विकास, भौतिक पूर्वाधार तथा नीतिगत सुधारहरूबारे विस्तृत छलफल गरिएको थियो।
नेपाल राष्ट्रिय शिक्षक सङगठन कार्यक्रममा प्रदिप कुमार चौधरीको अध्यक्ष्ातामा भएको थियो।बिशिस्ट अतिथिको रुपमा शिवनाथ चौधरी,बिनोद गिरी,वडा १ का अध्यक्ष बासुदेव महतो थारु,सखुवाप्रसौनी गाउँपालिका अन्तर्गतका शिक्षकहरूका सक्रिय सहभागितामा सम्पन्न भएको कार्यक्रमले शिक्षकहरूको हकहित प्रवर्द्धन तथा शिक्षाको गुणस्तर वृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल शिक्षक संगठन सखुवाप्रसौनी ,पर्साको समितिमा पन्ध्र सदस्यहरु सर्बसहमतीले चयन भएको थियो।नयाँ समितिका पधिकारीहरुलाई श्री दिपनरायण अदर्श नमुना मा.बि. का प्र.अ. शिवनाथ चौधरीले सपथ गराउनु भएको थियो।
प्रदिप चौधरी थारु( अध्यक्ष ), देवकी देवी ( महिला उपाध्यक्ष ), सुरेन्द्र दहैत( उपाध्यक्ष ), विपिन यादव ( सचिव ), सबिता चौधरी( सह- सचिव ),श्रीराम जी प्रसाद रौनियार ( कोषाअध्यक्ष ), र सदस्यहरुमा: आसुदेव महतो थारु,रामकिशोर महतो थारु, वसन्त ओझैया,गनपत पण्डित, राजनरायण गोसाई,प्रमोद रौनियार र महिला सदस्यमा लाखी देवी चयन भएको छ।