कलैया । नेपाल पत्रकार महासंघ बाराले पत्रकार हत्या र संचार माथी भएको आक्रमणको बिषयमा सरोकारवाला संगठन सङ्ग छलफल तथा अन्तरक्रिया गरेको छ ।
राजावादीको प्रदर्शनमा आगलागीबाट हत्या भएका स्व. पत्रकार सुरेश रजकलाई न्याय, संचारगृह, संचारकर्मीको सुरक्षा एवम् दोषीलाई कार्यवाहीका लागि सरोकारवाला सङ्ग छलफल तथा अन्तरक्रिया गरेको हो ।
कलैयामा अवस्थित बारा उद्योग वाणिज्य संघ भवनको सभाहलामा मंगलबार नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष पन्नालाल दासको अगुवाइमा सो कार्यक्रम गरिएको छ ।
महासंघको केन्द्रिय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो कार्यक्रममा जनमत पार्टीका राजनैतिक समिति सदस्य प्रभुनाथ पटेल, जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादव, नेपाली काङ्ग्रेस जिल्ला सह सचीव प्रमोद यादव, नेकपा आओबादी केन्द्रका युवा नेता मुकेश साह, महिला सन्जाल बाराकी अध्यक्ष महिला अधिकारकर्मी बबिता जयस्वाल, लोसपा केन्द्रिय सदस्य डा. कमरुलाह अन्सारी, शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी लगायतका राजनैतिक दलका ब्याक्तित्वहरु सङ्ग छलफल गरिएको थियो ।
हत्या भएको पत्रकार स्व. रजकको हत्यारालाई कानुनी दायरामा ल्याई हदै सम्म सजायका लागि केन्द्रिय कार्यसमिति आन्दोलनरत रहेको बताए । स्व. रजकको परिवारलाई सरकारले हरेक क्षेत्रबाट संरक्षण गर्नु माग गर्दै घाइते भएको पत्रकारको पनि उपचारको पहल गर्न ध्यानाकर्षण गराए ।
सोही क्रममा जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले घटनाको दोषी सरकारमा रहेका नेकपा एमाले र काङ्ग्रेस लगायत माओवादी रहेको सुनाए । घटनाको उच्छस्तरीय छानबिन गरि दोषिलाई कारवाहीको माग गरे । स्व. पत्रकार रजकलाई सहिद घोषणा गरि परिवारलाई शिक्षा, स्वास्थ्य लगायतको सेवा सुविधाको व्यवस्था गर्न सरकार सङ्ग आग्रह गरे ।
त्यस्तै महिला सन्जाल बाराकी अध्यक्ष महिला अधिकारकर्मी बबिता जयस्वालले सरकारलाई औंला उठाउने तथा प्रश्न गर्ने वातावरण गणतन्त्रले दिएको बताइन् । तर अहिलेको सरकारले पत्रकारको सुरक्षामा केही चासो नदेखाएको आरोप लगाइन् ।
बाराका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि नै कार्यक्रम आयोजना गर्दा पनि त्यस कार्यालयको प्रमुखको सहभागिता नदेख्दा दुखी महशुस भएको मानव अधिकार एलाइन्स मधेस प्रदेश अध्यक्ष अनिल तिवारीले सुनाए ।
काठमाडौंमा गत १५ गते राजावादी र माओवादी पार्टीको दुई ठाउँमा प्रदर्शन गर्ने घोषणा हुँदा हुँदै पनि सरकार सुरक्षाका लागि चुकेको आरोप प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहताको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको मधेस प्रदेश सदस्य साजिर मन्सुर, बाराका पुर्व अध्यक्ष लक्ष्मी साह, पुर्व उपाध्यक्ष राकेश पाण्डे लगायत जिल्लाका पात्रकारहरुको उपस्थिति रहेको थियो ।
अतिथिहरुको स्वागत महासंघ बाराका कोषाध्यक्ष रन्जन यादवले गरेका थिए भने कार्यक्रम संचालन सह-सचिव दुष्यन्त चौधरीले गरेको थियो ।