Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

भताको लोभले ग्रामीण भेगमा फेसबुकिया पत्रकारको ताण्डव, ठूलो क्यामरा तर लेख्दैनन् समाचार

भताको लोभले ग्रामीण भेगमा फेसबुकिया पत्रकारको ताण्डव, ठूलो क्यामरा तर लेख्दैनन् समाचार

कलैया । तराईको ग्रामीण भेग लगायतको क्षेत्रमा यत्रतत्र फेसबुकिया पत्रकारहरूले ताण्डव मच्चाएका छन् । पालिकाहरुले आयोजना गरेको कार्यक्रमहरुमा ठूलो ठूलो क्यामरा र मोबाइल बोकि भत्ताको लोभमा सहभागी भइरहेको हुन सक्ने जनप्रतिनिधिहरुले जनाएको हो ।

त्यस्ता ब्याक्तीहरु हरेक कार्यक्रममा सहभागी हुने तर उनिहरुको नामबाट कुनै पनि संचार माध्यमबाट समाचार प्रकाशन भएको नदेख्दा आश्चर्य लागेको चेरवन्त खबरलाई बताएको हो ।

आफुहरु फलानो मिडियाको हो भनेर थर्काउछन र जबर्जस्ती भत्ता पनि माग्ने गरेको कारण नेपाल पत्रकार महासंघ लगायतको संघ संस्थालाई ध्यानाकर्षण गर्न समेत आग्रह रहेको सुनाए ।

यसै सम्बन्धमा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा सङ्ग प्रतिक्रिया लिदा वहाँले जिल्ला भएको मिडिया सुचिकृत गराउन महासंघले सुचना निकाली सकेको बताउनु भयो ।

त्यस्तै पालिका तथा संघ संस्थाले आयोजना गरेको कार्यक्रममा त्यस्ता गैर पत्रकार सहभागी भइ बल जबर्जस्ती भत्ता मागेको खण्डमा भोलि समाचार प्रकाशित भएको प्रमाण लिएर मात्रै भुक्तानी गर्न सुझाव दिनु भयो ।

फेसबुक लाइभ लगायत युट्युबमा साधारण ब्याक्तीले पनि प्रसारण गर्न सक्ने कुराको अवगत गराउदै शंका लागेमा नजिकैको प्रशासनलाई जिम्मा लगाई दिने समेत आग्रह गर्नु भयो ।

समाचार नै प्रकाशन र प्रशारण न गर्ने मिडिया लाजमर्दो रहेको सुनाउदै जिल्लाका सम्पुर्ण संघ संस्थालाई महासंघ बाराले सकृय मिडिताको शुचि सके सम्म चाडै पठाउने प्रतिबद्ध रहेको बताउनु भयो ।

युट्युब र फेसबुकमा धेरै प्रकारका कन्टेन्टहरु छन् । जसमा केही उपयोगी देखिन्छन् भने कतिपय झरपात जस्ता कन्टेन्ट देखिन्छन् ।

हातमा भएको स्मार्टफोनबाटै कन्टेन्ट बनाएर जहाँबाट पनि जुनसुकै बेला युट्युब तथा फेसबुकमा लाइभ स्ट्रिमिङ वा अपलोड गर्न सकिने भएकोले पनि यसको विश्वसनीयतामा प्रश्न उठेको छ ।

संचारमाध्यममा ऐन कानुन अनुसार कन्टेन्ट सम्पादन गर्न जरुरी हुन्छ । तर समाजिक संजालमा स्वेच्छाले बनाईएका कन्टेन्ट पनि हुन्छन् । कसैलाई बदनाम गर्ने वा एकै पक्षका भनाई रहने गर्छ जुन मिथ्या सूचना हुन् सक्छन् । जुन केवल भ्युज र चर्चाका लागि मात्र राखिएका हुन् सक्छन् । कुनै मुद्दा आफ्नो पक्षमा पार्नका निम्ति हुनसक्छन् । भ्युजका आधारमा युट्युबरबाट पैसा आउने भएकाले उनीहरूले मनलाग्दी गर्ने गरेको पाइन्छ ।

अहिले युट्युब प्रयोगकर्ताहरूले व्यक्तिका निजी कुरा छताछुल्ल पार्ने, अतिरञ्जनायुक्त सामग्री पस्कने, सामाजिक उत्तरदायित्वलाई पूर्ण रूपमा बेवास्ता गर्ने गरेका कारण उनीहरूको आलोचना हुन लागेको हो ।

सूचना प्रणालीको ख्याल गर्दै सम्पादन कार्यलाई सचेततापूर्वक सम्पन्न गर्ने हो भने त्यहाँबाट प्रवाह हुने सामग्रीका सन्दर्भमा पनि प्रश्न उठ्ने छैन । बिना सम्पादन जस्तो पनि सामग्री प्रवाह गर्दा त्यहाँ पत्रकारिताको भाव मर्छ । पत्रकारिताको भाव मारेर सामग्री पस्कनेहरूलाई पत्रकार मान्न सकिँदैन ।

युट्युब प्रयोगकर्तामध्ये कतिपयले पत्रकारिताको आधारभूत सिद्धान्त र दायित्व पनि ख्याल गरेको पाइँदैन । पत्रकारिता गर्नका लागि यसको आधारभूत ज्ञान हुन जरुरी छ ।

तसर्थ युट्युबरहरू पत्रकार बन्ने कि प्रयोगकर्ता बन्ने भन्ने कुराको पहिलो निर्णय प्रयोगकर्ता स्वयंले गर्नुपर्दछ र त्यो निर्णयको स्वघोषणा गर्नुपर्दछ । पत्रकार बन्ने हो भने पत्रकार आचारसंहिता र सम्पादनका कर्मलाई जोड्न आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology