कलैया । तराईको ग्रामीण भेग लगायतको क्षेत्रमा यत्रतत्र फेसबुकिया पत्रकारहरूले ताण्डव मच्चाएका छन् । पालिकाहरुले आयोजना गरेको कार्यक्रमहरुमा ठूलो ठूलो क्यामरा र मोबाइल बोकि भत्ताको लोभमा सहभागी भइरहेको हुन सक्ने जनप्रतिनिधिहरुले जनाएको हो ।
त्यस्ता ब्याक्तीहरु हरेक कार्यक्रममा सहभागी हुने तर उनिहरुको नामबाट कुनै पनि संचार माध्यमबाट समाचार प्रकाशन भएको नदेख्दा आश्चर्य लागेको चेरवन्त खबरलाई बताएको हो ।
आफुहरु फलानो मिडियाको हो भनेर थर्काउछन र जबर्जस्ती भत्ता पनि माग्ने गरेको कारण नेपाल पत्रकार महासंघ लगायतको संघ संस्थालाई ध्यानाकर्षण गर्न समेत आग्रह रहेको सुनाए ।
यसै सम्बन्धमा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा सङ्ग प्रतिक्रिया लिदा वहाँले जिल्ला भएको मिडिया सुचिकृत गराउन महासंघले सुचना निकाली सकेको बताउनु भयो ।
त्यस्तै पालिका तथा संघ संस्थाले आयोजना गरेको कार्यक्रममा त्यस्ता गैर पत्रकार सहभागी भइ बल जबर्जस्ती भत्ता मागेको खण्डमा भोलि समाचार प्रकाशित भएको प्रमाण लिएर मात्रै भुक्तानी गर्न सुझाव दिनु भयो ।
फेसबुक लाइभ लगायत युट्युबमा साधारण ब्याक्तीले पनि प्रसारण गर्न सक्ने कुराको अवगत गराउदै शंका लागेमा नजिकैको प्रशासनलाई जिम्मा लगाई दिने समेत आग्रह गर्नु भयो ।
समाचार नै प्रकाशन र प्रशारण न गर्ने मिडिया लाजमर्दो रहेको सुनाउदै जिल्लाका सम्पुर्ण संघ संस्थालाई महासंघ बाराले सकृय मिडिताको शुचि सके सम्म चाडै पठाउने प्रतिबद्ध रहेको बताउनु भयो ।
युट्युब र फेसबुकमा धेरै प्रकारका कन्टेन्टहरु छन् । जसमा केही उपयोगी देखिन्छन् भने कतिपय झरपात जस्ता कन्टेन्ट देखिन्छन् ।
हातमा भएको स्मार्टफोनबाटै कन्टेन्ट बनाएर जहाँबाट पनि जुनसुकै बेला युट्युब तथा फेसबुकमा लाइभ स्ट्रिमिङ वा अपलोड गर्न सकिने भएकोले पनि यसको विश्वसनीयतामा प्रश्न उठेको छ ।
संचारमाध्यममा ऐन कानुन अनुसार कन्टेन्ट सम्पादन गर्न जरुरी हुन्छ । तर समाजिक संजालमा स्वेच्छाले बनाईएका कन्टेन्ट पनि हुन्छन् । कसैलाई बदनाम गर्ने वा एकै पक्षका भनाई रहने गर्छ जुन मिथ्या सूचना हुन् सक्छन् । जुन केवल भ्युज र चर्चाका लागि मात्र राखिएका हुन् सक्छन् । कुनै मुद्दा आफ्नो पक्षमा पार्नका निम्ति हुनसक्छन् । भ्युजका आधारमा युट्युबरबाट पैसा आउने भएकाले उनीहरूले मनलाग्दी गर्ने गरेको पाइन्छ ।
अहिले युट्युब प्रयोगकर्ताहरूले व्यक्तिका निजी कुरा छताछुल्ल पार्ने, अतिरञ्जनायुक्त सामग्री पस्कने, सामाजिक उत्तरदायित्वलाई पूर्ण रूपमा बेवास्ता गर्ने गरेका कारण उनीहरूको आलोचना हुन लागेको हो ।
सूचना प्रणालीको ख्याल गर्दै सम्पादन कार्यलाई सचेततापूर्वक सम्पन्न गर्ने हो भने त्यहाँबाट प्रवाह हुने सामग्रीका सन्दर्भमा पनि प्रश्न उठ्ने छैन । बिना सम्पादन जस्तो पनि सामग्री प्रवाह गर्दा त्यहाँ पत्रकारिताको भाव मर्छ । पत्रकारिताको भाव मारेर सामग्री पस्कनेहरूलाई पत्रकार मान्न सकिँदैन ।
युट्युब प्रयोगकर्तामध्ये कतिपयले पत्रकारिताको आधारभूत सिद्धान्त र दायित्व पनि ख्याल गरेको पाइँदैन । पत्रकारिता गर्नका लागि यसको आधारभूत ज्ञान हुन जरुरी छ ।
तसर्थ युट्युबरहरू पत्रकार बन्ने कि प्रयोगकर्ता बन्ने भन्ने कुराको पहिलो निर्णय प्रयोगकर्ता स्वयंले गर्नुपर्दछ र त्यो निर्णयको स्वघोषणा गर्नुपर्दछ । पत्रकार बन्ने हो भने पत्रकार आचारसंहिता र सम्पादनका कर्मलाई जोड्न आवश्यक पर्दछ ।