ओम प्रकाश यादव। नेकपा एमालेले आज देशभरि सहित रौतहटमा पनि बृहत मोटरसाइकल र्याली निकालेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एमाले जिल्ला कार्य समिति रौतहटको आयोजनामा आज रौतहटमा हजारौंको संख्यामा भव्य मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ।
एमालेका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, एमाले नेता बबन सिंह लगाएतका हजारौं नेता तथा कार्यकर्ताहरू पार्टीको झन्डा बोकेर र्यालीमा सहभागी भएका छन् ।
जिल्लाको विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्याली गरुडा स्थित श्रीराम सुगर चिनी मिलको प्राङ्गणमा जम्मा भएका थिए।