रूपेश यादव, रौतहटको फतुवा बिजयपुरमा जनता समाजवादी पार्टी नेपालको नगर अधिवेशन सम्पन्न भएको छ ।
आईतवारका दिन फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ स्थित राँगी प्राथमिक बिधालयमा नगर अधिवेश सम्पन्न भएको जसपा नेपालका मधेश प्रदेश किमिटि सदस्य तथा युवा नेता बिजय कुमार चाैधरीले जानकारी दिएका छन।
उनले दिएको जानकारी अनुसार फतुवा बिजयपुर नगरपालिकामा जयमंगल प्रसाद यादवको अध्यक्षतामा ३३ सदसीय नगर कमिटि गठन गरिएको थियो ।
जसको उपाध्यक्षमा बिनाेद पंडित , किस्मतिया देवी ,सचिवमा ब्रह्मानरायण चाैधरी ,सह सचिवमा खुशीलाल यादव,नरेश हजरा,कोषाध्यक्षमा सिमा पाेलामी मगर रहेका छन।
जसपा नेपाल रौतहटको २०८१ चैत २६ र २७ गते हुने जिल्ला अधिवेशन गर्नका लागि अहिले धमाधम नगर अधिवेशन भइहरेको चाैधरीले जनाएका हुन ।
यही चैत २० गते सम्म जिल्ला भरिको सम्पूर्ण पालिकाको नगर अधिवेशन सक्नुपर्ने भएकाले याे नगर अधिवेशन गर्नु परेको उनले बताएका छन।
बिगतका दिन देखि नै यादवले नगर अध्यक्ष थियोे र अब फेरि आफुले जिम्मेवारी पाए देखि आफुले सकेसम्म पार्टीलाई अगाडि बढाउने तथा पार्टीकाे नियम निर्देशन अनुसारकाे कार्यलाई प्राथमिकता दिने नगर अध्यक्ष यादवले बताए।