कलैया । काठमाडौंमा एभिन्युजकर्मी पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै नेपाल पत्रकार महासंघ बाराले बिरोध प्रदर्शन गरेका छन् ।
राजावादीहरूले प्रदर्शन गरेको कार्यक्रममा आगजनीमा परी तीनकुनेमा शुक्रबार पत्रकार रजकको मृत्यु भएको थियोे ।
सत्य तथ्य छानबिन गरि दोषीलाई कार्वाहीको माग गर्दै शनिबार कलैयाको मुख्य चौक चौकबाट र्याली निकाली जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हुदै भरत चौकमा कोणसभा गरेका हुन ।
उक्त कोणसभा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा गरिएको थियो भने प्रमुख अतिथिको रुपमा महासंघका केन्द्रिय सदस्य तथा रेडियो नेपालमा कार्यरत पत्रकार सिकेन्द्र पासवान रहनु भएको थियो ।
पत्रकार माथीको दमन बन्द गर, स्व .पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम बन्द होस् र पत्रकारको सुरक्षा ग्यारेन्टी गर भन्दै सञ्चारकर्मीहरुले र्याली निकालेका हुन्।
सो बिरोध कार्यक्रममा महासंघका मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, महासंघ बाराका पुर्व अध्यक्ष कमल उपाध्याय, पुर्व उपाध्यक्ष राकेश पाण्डे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठ लगायतले पत्रकार हत्या र संचार क्षेत्रमाथिको आक्रमणको विरोध मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन महासंघका बारा जिल्ला सचिव पुष्पराज खतिवडाले गरेका थिए ।