कलैया । बारामा आठ किलो भन्दा बढि लागु औषध अफिम जस्तो पदार्थ सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा उप-महानगपालिका वडा नं. १२ बस्ने वर्ष ४४ को मिलन भोलान र वर्ष ४७ को गोपाल प्रसाद गौतम रहेको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरिक्षक विजयराज पण्डितको अनुसार बिहिबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी ईकाई पथलैयाबाट खटिएको प्रहरी टोलि उनिहरु पक्राउ गरेको छ।
उक्त टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित बा प्र -०१-०२९ च ५४१४ नम्बरको कारलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई लगी रहेको ८ किलो २५२ ग्राम लागू औषध अफिम जस्तो पदार्थ ( ८ प्याकेट) सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा बुझाई थप अनुसन्धान भइरहेको छ।