कलैया । नेपाल पत्रकार महासंघको ७० औ स्थापना दिवसको अवसरमा कलैयाको भरत चौकमा शुक्रबार बेलुका दिप प्रज्वलित गरीएको छ।
नेपाल पत्रकार महासंघ बारा शाखाको उपाअध्यक्ष पन्नालाल दासको अध्यक्षता र पत्रकार महासंघ केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख अतिथमयतमा दिप प्रज्वलित गरीएको छ।
उक्त कार्यक्रममा पत्रकार महासंघ मधेश प्रदेशको कोषाध्यक्ष अनिल गौरव, मधेश प्रदेश सदस्य साजिर मन्सुर, बारा जिल्लाको अग्रज पत्रकार राकेश पाण्डेय, पत्रकार जयनारायण यादव , राजेश कुशवाहा, अनिल बर्मा , धिरेन्द्र तिवारी लगायतको सहभागिता रहेको थियो।
आज कलैया स्थित अमृता अनाथालयमा फलफूल समेत बितरण गरीएको जानकारी पत्रकार महासंघ बाराको सचिव पुष्प खतिवडाले जानकारी दिएका छन्।