कलैया । बाराको कलैया स्थित ऐ.प्लस होस्पिटलमा बम राखिएको भन्दै फिरौती रकम माग्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरी शुक्रबार सार्बजनिक गरेको छ।
कलैया उप-महानगरपालिका वडा नं. ०५ घुसुकपुर बस्ने डा. बिकेश कुमार पाण्डेयले सँचालन गतेको उक्त होस्पिटलमा बम राखिएको भन्दै फिरौती स्वरुप २० लाख नगद माग गर्ने कलैया उपमहानगरपालिका घुसुकपुर बस्ने मदन मिश्रलाई पक्राउ गरीएको छ।
मिश्रले पटक पटक पाण्डेयलाई फोन गरी धम्काउने गरेको प्राप्त जानकारीको अनुसार जिल्ला प्रहरी कार्यालय बिशेष टोलिले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलिले सीमावर्ती विहार राज्य मोतिहारी प्रहरीको सहयोगमा जिल्ला बारा, कलैया उप-महानगरपालिका वडा नं. १० शिवपुर चिउटाहाबाट पक्राउ गरीएको जानकारी प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सँतोष तामाङले दिएका छन्।
प्रहरी उपरीक्षक तामाङको अनुसार मिश्रलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जानकारी समेत दिएका छन्।