आर.के. चौधरी, सखुवाप्रसौनी, पर्सा – नियमित खोप सुदृढीकरण तथा पूर्ण खोप दिगोपनाको सुनिश्चितता गर्न सखुवाप्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको कार्यालय, स्वास्थ्य शाखाद्वारा आयोजित उक्त तालिम २०८१ साल चैत १३ गते स्वास्थ्य चौकी सखुवाप्रसौनी(२ मा सम्पन्न भएको हो। तालिमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री जस्वन्त यादवले गर्नुभएको थियो भने जनस्वास्थ्य प्रमुख जयमोद ठाकुर प्रशिक्षकको रूपमा रहेका थिए।
तालिममा वडा नं। १ अध्यक्ष बाशु देव महतो थारु ,२ का अध्यक्ष चिरञ्जीवी महतो ६ सम्मका जनप्रतिनिधि सदस्यजबचग,सखुवाप्रसौनी स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। प्रशिक्षक जयमोद ठाकुरले नियमित खोप कार्यक्रमको महत्त्व, प्रभावकारिता तथा स्थानीय तहको भूमिकाका विषयमा प्रशिक्षण प्रदान गरेका थिए। साथै, खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायस्तरबाट आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता रहेको उनले बताए।
गाउँपालिका अध्यक्ष जस्वन्त यादवले आफ्नो मन्तव्य राख्दै सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य गर्दै पालिकाभर शतप्रतिशत खोप सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, स्वास्थ्य सेवाको पहुँचलाई अझ सुदृढ बनाउने लक्ष्यका साथ पालिका निरन्तर सक्रिय रहेको उहाँले स्पष्ट पार्नुभयो।
त्यसै सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले उक्त तालिमले पालिका स्तरमा खोप समन्वय समितिको भूमिका थप प्रभावकारी बनाउँदै खोप कार्यक्रमको सफल कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।