कलैया । बारामा एसईई दिंदै गरेकी एक छात्राले झुन्डिएर आत्महत्या गरेकी छिन् । महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआइन गाउँमा बस्ने एक छात्राले आत्म हत्या गरेकी हुन् ।
आत्महत्या गर्ने मृतक छात्रा गुन्जा चौरसियालाई प्रहरी र वडाध्यक्षले निरन्तर यातना दिएका कारण आत्महत्या गरेकी उनको अभिभावकको आरोप रहेको छ । पुरानो मनमुटावका कारण दैनिक यातना दिएको उनको परिवार तथा छिमेकीको भनाई रहेको छ ।
बुवा राम अधिन चौरसियाका अनुसार उनलाई निरन्तर यातना र मानसिक रुपमा तनाव दिएपछि ३ वटा विषयको परीक्षा दिइसकेकी छात्राले बिच परीक्षाको समयमै आत्महत्या गरेकी हुन्। आफुलाई न्याय चाहिएको र यस प्रती सम्बन्धित निकायले कुनै पनि चासो नदेखाएको गुनासो रहेको छ ।
आत्महत्या गरेको खबर आफुलाई सोमबार बिहान ६ बजे फोन मार्फत जानकारी भएको बताए । शवलाई परिक्षणको लागि कलैया स्थित रहेको प्रादेशिक अस्पतालमा गगिएको खबर प्राप्त भएको छ ।