कोल्हबी । बारा जिल्लाको कोलहबी नगरपालिकामा रहेका अस्थाई ट्राफिक कार्यालयलाई एक सेट कम्प्युटर प्रदान गरिएको छ । कार्य सम्पादनमा सहज होस भन्ने उदेश्यले कम्प्युटर सेट सहयोग गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरिक्षक राजिव कुमार झाको रोहबरमा अस्थाई ट्राफिक कार्यालय कोल्हबीका प्रमुख प्रहरी हवल्दार योगेन्द्र कुमार राम, प्रहरी सहायक हवल्दार हरी किहोर बैठा र प्रहरी जवान महेश साहको सहभागितामा सो कम्प्युटर सेट प्रदान गरिएको हो ।
व्यापक रुपमा भइरहेको सवारी साधनको चोरी तथा दुर्घना न्युनिकरण लगायतका काम गर्न सजिलोका लागि कम्प्युटर सेट प्रदान गरिएको कोल्हबी नगरपालिकाका नगर प्रमुख राम चौधरीले बताउनु भयो ।
हेल्मेट ट्राफिक संग बच्नको लागि होइन, आफ्नो ज्यान जोगाउनको लागि लगाउनु पर्छ त्यसैले मोटरसाइकल चलाउँदा अनिवार्य रुपमा हेल्मेट लगाऔं । सवारी साधनको ब्लुबूक तथा चालक अनुमतीपत्र लगायतका कागजात आफु संग नियमित राख्ने गरौंं । जस्ता नारा सो पालिकाको रहेको छ ।उक्त कम्प्युटर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख चौधरी संगै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल, वडा नम्बर ३ का वडाध्यक्ष किसुनदयाल चौधरी, पालिकाको कार्याल कम्प्युटर शाखामा कार्यरत कर्मचारी शिव पौडेल, राजस्व शाखाका देवकान्त चौधरी, सवारी चालक संजय चौधरी, सिकेन्द्र चौधरी र दिपेन्द्र चौधरी लगायतको उपस्थिती रहेका थिए ।