आर.के. चौधरी पर्सा । सखुवा प्रसौनी गाउँपालिका–३ कटैया स्वास्थ्य चौकीमा नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ। ३९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समाजसेवीहरूको उपस्थितिमा भवन शिलान्यास गरिएको थियो। स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित उक्त भवन निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका प्रतिनिधिहरूले नयाँ भवनले स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। साथै, स्थानीयवासीले पनि स्वास्थ्य सुविधामा वृद्धि हुने भएकाले खुशी व्यक्त गरेका छन्।
यस निर्माण कार्य समयमै सम्पन्न गरी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।