रौतहट । रौतहटमा धारिलो हतियार चक्कु र बन्चरो प्रहारबाट दुई जना घाइते भएका छन् । बृन्दावन नगरपालिका वडा नम्बर ६ हर्साहाका ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका हुन् ।
सोमबार बेलुकी हर्साहा चोकमा तरकारी किनिरहेको बेला सत्यनन्दनमाथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गरेको प्रहरीले जानबारी गराएका छन् ।
स्थानियका अनुसार झगडा सुल्झाउने क्रममा अर्का युवक राजाबाबु पटेलमाथि स्थानीय अभिनाश पटेलले बञ्चरो प्रहार गरेका कारण घाइते भएको हो । घाइते हजुरबुवा र नातिको ज्यान लिने उद्देश्यले आक्रमण भएको परिवारजनले आरोप लगाएका छन् । दुवैजनाको हाल वीरगञ्जमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ र विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।