महोत्तरी । महोत्तरी जिल्लामा खुकुरी प्रहारबाट हत्या गरि जलाइएको अवस्थामा एक जना पुरूषको शव फेला परेको छ ।
गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर सो शव फेला परेको हो।
शव शुक्रबार साँझ साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।
उनका अनुसार मृतक धनुषा क्षिरेश्वर नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतो हुन्। महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको हो।
उनको टाउकोमा खुकुरीले प्रहार गरेको र जलाएको समेत अवस्थामा शव रहेको डिएसपी जयसवारले बताए।