कलैया । ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी भनेको सवारी दुर्घटना न्युनिकरण गर्नु हो। तर बारा जिल्ला स्थित अस्थायी ट्राफिक पोष्ट कलैया , यातायात ट्रायल सेन्टर, ट्राफिक पोष्ट सिमरा ट्राफिक पोष्ट सिम्रौनगढ लगायत सम्पुर्ण ट्राफिक पोष्टले सवारी दुर्घटना न्युनिकरण गर्ने मुख्य जिम्मेवारी भन्दा बाहिर आर्थिक असुलीमा केन्द्रित भएका छन्। जसले गर्दा सिँगो ट्राफिक प्रहरी ने बदनाम हुने भएको छ।
अस्थायी ट्राफिक पोष्ट कलैया, ट्राफिक प्रहरी पोष्ट सिमरा र ट्रायल पोष्ट सिम्रौनगढ लगायत ट्राफिक युनिटहरुले ट्राफिक प्रहरी चेकिङको नाममा सवारी साधनबाट अवैध असुली गर्ने गरेको सर्वसाधारणको गुनासो बढेको छ।
उक्त ट्राफिक पोष्टहरु चेकिङको नाममा सवारी साधनबाट बिभिन्न बहानामा चिट नकाटी नगद नै उठाउने तथा भारतिय गाडि सहित मालबाहक सवारीसाधनबाट अबैध असुली गर्ने गरेको सवारी चालकहरु नै गुनासो गरेका छन्।
अस्थायी ट्राफिक पोष्ट कलैयाको प्रमुख एवम् प्रहरी बरिष्ठ नायव निरीक्षक अशोक बस्नेतले चेकिङको नाममा दुःख दिनुको साथै मालवाहक सवारीसाधनबाट असुली गराउने गरेका छन्। भने तरकारी बोकेको सवारी साधनबाट नगद सहित तरकारी समेत लिने गरेको एक तरकारी ब्यापारीले यस दैनिकसँग गुनासो गरेका छन्। प्रहरी बरिष्ठ नायव निरीक्षक बस्नेतले त्यति मात्र होईन कलैया बजारमा भएको बिभिन्न ब्यपारी सहित मास्केबारी सहित माछा मासु व्यवसायीसँग हप्तैपिच्छे माछा मासु समेत मगाउने गरेको गुनासो रहेको छ।
त्यस्तै ट्राफिक प्रहरी पोष्ट सिमराको प्रमुख एवम् प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले सिमरा स्थित उधोगहरुमा कच्चा पदार्थ लगायत तयारी मालबस्तु दुवानी वा निकासीमा ट्राफिक प्रहरीले चेकजाँचको नाममा आर्थिक कलेक्सन गर्ने गरेको श्रोतको दाबी रहेको छ।
श्रोतको अनुसार ट्राफिक प्रहरी सिमराको ईन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले अनावश्यक रुपमा आर्थिक कलेक्सन गर्ने चेकजाँच गर्ने गरेका छन् । ठाकुर नेतृत्वको चेकजाँचमा प्रायः गरी ठाकुर नै नेतृत्व गर्ने गरेको पाईन्छ।
प्रहरी सहायक निरीक्षक ठाकुर बिगतमा जितपुर, कलैया लगायत सिभिलमा बारा जिल्लाको बिभिन्न ठाउँमा बसेको कारण बारा जिल्लाको बिषयमा धेरै कुरा जानकारी रहेको छ। उक्त जानकारीको अधारमा ठाकुर चेकजाँच गर्ने बहानामा सर्बसाधारण देखि मालवाहक सवारीसाधनबाट आर्थिक कलेक्सन गर्दै आएका छन्।
ठाकुरले पथलैया सडकखण्डबाट मालवाहक गाडीहरू लगायत सवारी गाडीहरुबाट समेत बिभिन्न बहानामा मासिक नजराना लिने गरेका छन्। ठाकुरले ट्राफिक प्रहरी कार्यालय सिमरामा आउन जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढलाई समेत नजराना बुझाउनु पर्ने भएकाले आर्थिक कलेक्सन गर्नु पर्ने श्रोतको दाबी रहेको छ।
ट्राफिक पोष्ट सिम्रौनगढले नेपालबाट भारत तर्फ सप्लाई हुने मदिरा लगायत अबैध समानहरुलाई चेकजाँच गर्ने छाड्ने भएकोले त्यहाँबाट आर्थिक कलेक्सन राम्रो गर्ने गरेको स्थानियहरुको गुनासो रहेको छ। यातायात ट्रायल सेन्टरको जिम्मेवारीमा रहेका प्रहरी सहायक निरीक्षक सँजय सिँहले ट्रायल सेन्टरलाई कमाई खाने भाँडो बनाएका हुन्।
सिंहले जिल्ला ट्राफिक कार्यालय निजगढसँग समन्वय तथा सहकार्यमा ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षामा आर्थिक चलखेलको अधारमा अउतिर्ण भएका समेत परीक्षार्थीहरु उतिर्ण गर्ने गरेको एक अडियो रेकर्डबाट नै प्रमाणित भएको छ।
यसरी ट्राफिक प्रहरी युनिटहरुको गुनासोहरु बिभिन्न सँचार माध्यममा प्रकाशन भइरहेको बेला पनि जिल्ला ट्राफिक कार्यालय बारा सहित सम्बन्धित निकायको ध्यानाकर्षण नहुनुमा आफैमा शँकास्पद रहेको बुझिन्छ।