बुधन चौधरी, कोल्हबी । बाराको कोल्हबीमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिका स्तरीय योजना निर्माण कार्यशालाको दुई दिने गोष्टि शनिबार सम्पन्न भएको छ ।
कोल्हबी नगरपालिकाको मेयर राम प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको पोलिटब्युरो सदस्य माननीय अच्युत मैनालीले पानसमा बति बालेर उदघाटन गर्नुभएको थियोे ।
कोल्हबी नगरपालिकाको आयोजना तथा तिलगंगा, दिघान्त र शिवम फर्मासिटिकलको सहकार्यमा उक्त कार्यक्रम रोजउड होटेल कोल्हबीको सभाहलमा सम्पन्न भएको हो।
अन्तिम दिनको कार्यक्रममा कोल्हबी नगरपालिकाकी उप- प्रमुख लक्ष्मी कुमारी चौधरी, कोल्हबी न. पा. प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, लगायत अतिथिहरु कोल्हबी न.पा. १ का अध्यक्ष राजहरण चौधरी, २ का अध्यक्ष गोपाल प्रसाद अधिकारी र ३ का अध्यक्ष किशुन दयाल चौधरी,५ का नन्दकिशोर चौधरी र ६ का दिनेश चौधरी लगायत कोल्हबी न.पा., निजगढ, बारागढी,सिम्रोनगढ र पचरौता स्वस्थ्य शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा पांच वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू आ.व. २०८०/०८१ को आ- आफ्नो पालिकाको स्वास्थ्य सम्बन्धि गतिविधि प्रस्तुत गर्नुभएको थियोे । गतिविधि अन्तर्गत प्रत्येक पालिकाको अधिकांस समस्यहरु एकनासको थियोे भने केही पालिकामा कम्प्युटर तथा ल्यापटपको कमि केहिमा स्वास्थ्यकर्मी, केहिमा भवन अव्यवस्थित त केही पालिकामा औसधि तर हरेक पालिकाको स्वास्थ्य शाखामा बजेटको कमि भएको टिपोटमा उल्लेख रहेको थियोे ।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि समेत रहनुभएका माननीय मैनालीले कार्यशालाको उदेश्यहरुको बारेमा प्रष्ट पार्नुभयो ।
उहाले भन्नुभयो, हामिले पार्टी हेरेर काम गर्ने होइन, हामी मानव हो मानवताको हिसाबले काम गर्नुपर्छ । हामी सबै मिलेर हाम्रो क्षेत्रलाई एक्सन प्लान बनाएर स्वास्थ्यमा अगाडी ल्याने जानकारी गराउनुभयो।
गोष्ठीमा बालरोग विशेषज्ञ एम.बि.बि.एस. डा. हरि बासकोटाको बिशेष भुमिका रहेको थियोे ।
कोल्हबी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले संचाल गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोल्हबी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी कुमारी चौधरीले राख्नुभएको थियोे ।