कलैया । जिल्ला प्रहरी कार्यालय बारामा नि:शुल्क आँखा चेक जाँच शिविर सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित जिल्ला प्रहरी कार्यालयको आयोजनामा शनिबार २ घण्टे आँखा चेक जाँच शिविर कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यालाय अन्तर्गत रहेको करिब एक सय जना प्रहरीले शिविरको लाभ लिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष तामाङले जानकारी दिनु भयो ।