रुपेश यादव । रौतहटको डिविजन वन कार्यालय चन्द्रनिगाहपुरमा तालाबन्दी गरिएको छ। डिविजन वन कार्यालय रौतहटमा समिति र सेवाग्राहीहरुले आज कार्यालयमा तालाबन्दी गएका छन् ।
जिल्ला वन पैदावार आपूर्ति समिति र सेवाग्राहीहरु द्वारा उक्त तालाबन्दी गरिएको विरोध कर्ता एक जनाले जनाएको हो ।
विभिन्न मागसहित वन पैदावर आपूर्ति समितिले पाउनु पर्ने गुणस्तरीय काठहरु बिक्री बितरण गरिएको तथा जिर्न अवस्थामा रहेको काठहरु आपूर्ति समितिलाई उपलब्ध गराउने अस्वासन दिएपछि उक्त समिती तथा सेवाग्राही आक्राेसित भई तालाबन्दी गरेकाे नेता रामलाल यादवले बताएका छन् । जबसम्म उहाँहरुको माग सम्बोधन नहुनेसम्म कार्यालयको गेटमा तालाबन्दी नै रहने यादवले बताएका छन् ।
उक्ततालाबन्दी कार्यमा नेता रामलाल यादव, बिकास कुमार यादव, लगाएतका सेवाग्राहीहरु तथा आपूर्ति समितिका ब्यक्तिहरुकाे सहभागीता रहेको थियो ।