कलैया । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको मिति २०८१ चैत्र ३ को पत्रबाट प्रसौनी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहलाई जिल्ला समन्वय समिति पर्सामा सरुवा गरीएको थियो।
सोहि मिति जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई पर्सामा कार्यरत रहेका श्याम किशोर प्रसादलाई प्रसौनी गाउँपालिकामाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाईएको थियो।
सोहि पत्रको अधारमा प्रसौनी गाउँपालिकाको गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालले शुक्रबार एक कार्यक्रम आयोजना गरी पुरानोलाई बिदाई तथा नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेका छन्।
गाउँपालिका अध्यक्ष जयसवालले नयाँ हाजिर हुन आएका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादलाई फुल माला , दोसल्ला ओढाई, नेपालि टोपी र अबिर लगाई लगाई स्वागत गरेका छन्। भने पुरानो प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहलाई फुल माला , दोसल्ला ओढाई, अबिर लगाई मायाको चिनो प्रदान गरी बिदाई गरेका छन्।
हाजिर हुन आएका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले कार्यभार सम्हाल्दै प्रसौनी गाउँपालिकामाको चाहना र प्रसौनी गाउँपालिका को चौतर्फी बिकासको लागि कार्य गर्ने बताएका छन्। साथै बिगतको झै आफु पनि प्रसौनी गाउँपालिकालाई प्रदेश र केन्द्रमा पहिचान बनाउने कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।
त्यस्तै बिदाई हुदै प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले आफुले प्रसौनी गाउँपालिका कार्यरत रहँदा गाउँपालिकाको जनप्रतिनिधिहरु सहित कर्मचारीहरुबाट पाएको माया स्नेह स्मरणीय रहेको बताएका छन्। साथै नेपाल सरकारको कर्मचारी भएकोले नियमित सरुवा र बढुवा हुने भएकोले आफु सरुवा भएको बताउदै प्रसौनी गाउँपालिकाको हितमा भबिष्य पनि आफु तत्पर रहने बताउदै भावुक भएका थिए।
उक्त कार्यक्रमको प्रसौनी गाउँपालिकाको उपाध्यक्ष किरण देबी लगायत सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य सहित सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सँचालन प्रसौनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए।भने स्वागत मन्तब्य लेखा प्रमुख प्रेम बाबु प्रसादले गरेका थिए।