कलैया । देश भर बिहिवार देखि सुरु भएको एसईई परिक्षाको दोस्रो दिन आज नेपाली विषयको परिक्षामा बारा जिल्लाको एक परिक्षा केन्द्रबाट ७ वटा स्मार्टवाच बरामद भएको छ । कलैया उपमहानगरपालिका – ६ स्थित संचालित ज्ञानदिप इङलिस बोर्डिङ स्कुल परिक्षा केन्द्रबाट ७ वटा स्मार्ट वाच बरामद भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा खटिएको टोलिले चेक जाँचको क्रममा परीक्षामा चिट चोर्ने प्रयोजनका लागि स्मार्ट वाच प्रयोग गरिने भएको आशंकाले सो स्मार्टवाच बरामद गरिएको जनाएको छ ।
एसईई परिक्षालाई मर्यादित बनाउन निरन्तर अनुगमनको क्रममा पन्ना देवी कन्या उच्च माध्यमिक बिद्यालय परिक्षा केन्द्रबाट आज दुई जना परिक्षा निरिक्षकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताएका छन् ।