कलैया । बाराको कलैयामा रहेको पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा भइरहेको एसईई परिक्षामा चिट चोरी गराउने दुई निरीक्षकलाई प्रहरीले पक्राउ गरेका छन् ।
विद्यार्थीलाई मोबाइलबाट चिट चोरी गराउने कलैया उपमहानगरपालिका वडा नम्बर -५ मा रहेको सो विद्यालयका रन्जु यादव र सौरभ रादवलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् ।
उक्त बिद्यालयको कोठा नम्बर ७ मा परीक्षा दिन बसेका दुर्गा नमूना माध्यमिक बिधालयका करिश्मा कुमारीको मोबाइलबाट प्रश्न पत्र आउट गरि चिट चोर्न लगाएको सहायक प्रजिअ भट्टराईले बताएका छन् ।
पक्राउ परेका दुबै निरीक्षकलाई प्रहरीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको सहायक प्रजिअ भट्टराईले बताए ।






















