Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

चन्द्रपुरका निजी अस्पतालको अस्थायी अनुमतिपत्र खारेज, निजी अस्पताल सञ्चालक अलमलमा

चन्द्रपुरका निजी अस्पतालको अस्थायी अनुमतिपत्र खारेज, निजी अस्पताल सञ्चालक अलमलमा

रौतहट, ७ चैत । चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका निजी अस्पतालका सञ्चालकहरूको यतिबेला रुवाबासी सुरू भएको छ ।

उनीहरू अस्पताल सञ्चालन गर्न पाउनुपर्यो भन्दै ज्ञापनपत्र बोकेर सिडिओ कार्यालय पुगेका छन् । केही दिन पहिला चन्द्रनिगाहपुरमा रहेको हाइवे ट्रमा अस्पतालमा चन्द्रनिगाहपुरका एकजना व्यापारीको मृत्यु भएपछि यो प्रकरण अझै पेचिलो बनेको हो ।

सो अस्पतालमा उपचार गराउन गएका चन्द्रनिगाहपुरका एकजना व्यापारीको गत हप्ता अस्पतालमै ज्यान गएपछि अस्पतालले घटना सामसुम पार्नका लागि पीडित परिवारलाई ७ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । व्यापारीको मृत्यु लगत्तै मधेश प्रदेशका मुख्यमन्त्रीले चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका सबै अस्पताल अवैध र मापदण्ड विपरित सञ्चालनमा रहेका कारण उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै विज्ञप्ति निकालेका थिए ।

मुख्यमन्त्री सतिशकुमार सिंहको विज्ञप्ति आएसँगै चन्द्रपुर नगरपालिकाले अस्पताल सञ्चालनका लागि दिएको अस्थायी अनुमति पत्र खारेज भएको जनाएको छ ।  मङ्गलबार चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले एक सूचना जारी गर्दै चन्द्रपुर नगरपालिकाले अस्पताल सञ्चालनका लागि दिएको अस्थायी अनुमतिपत्र खारेज भएको जनाएकी थिइन ।

स्थानीय तहले १५ बेडको अस्पताल सञ्चालनका लागि अनुमति दिने प्रावधान अनुसार चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगर क्षेत्रमा खुलेका निजी अस्पतालहरूलाई प्रति वेड चार हजारको दरले एक वर्षको पैसा लिएर अस्थायी अनुमतिपत्र दिएको थियो । हाइवे ट्रमा अस्पतालले कम्पनी ऐनको कार्यालयबाट ट्रमा हटाएर हाइवे अस्पतालका नाममा कागजपत्र ल्याएर १५ बेडको अस्पताल दर्ता गर्ने भन्दै नगरपालिकाबाट ३५ दिने अस्थायी अनुमति पत्र लिएको थियो ।

त्यस्तै, चन्द्रनिगाहपुरको सिभिल ह्युमन रिसर्च हस्पिटल प्रालीले रिसर्च सेन्टर हटाएर कम्पनी ऐनबाट १५ बेडको हाइवे अस्पताल दर्ता गरेर ल्याएको थियो । त्यसकै आधारमा सो अस्पतालले चन्द्रपुर नगरपालिकाबाट ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नगरपालिकामा दर्ता गर्छु भन्दै अस्थायी अनुमतिपत्र लिएको थियो । यी दुई अस्पताल मात्र नभएर चन्द्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी अस्पतालले ३५ दिनभित्र सम्पूर्ण मापदण्ड पूरा गरी नगरपालिकामा अस्पताल दर्ता गर्ने भन्दै अस्थायी अनुमति पत्र लिएका थिए । नगरपालिकाले समेत व्यवसाय करका नाममा ती अस्पतालबाट वार्षिक ६० हजारका दरले रकम लिँदै अस्थायी अनुमति पत्र दिँदै गरेको थियो ।

तर हाइवे अस्पतालमा उपचार गर्न गएका एक व्यापारीको ज्यान गएपछि मधेस प्रदेशका मुख्यमन्त्री सिंहले कसले अस्पताल खोल्न अनुमति दियो भन्दै  विज्ञप्ति जारी गरेका थिए ।  त्यसपछि चन्द्रपुर नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै सबै अस्पताललाई दिएको अस्थायी अनुमतिपत्र मङ्गलबारकै दिनबाट खारेज भएको भन्दै सूचना प्रकाशन गरेको थियो । व्यावसायिक करका नामबाट निजी अस्पतालबाट प्रति बेड वार्षिक ४००० का दरले रकम असुलेर नगरपालिकाले एकाएक अस्थायी अनुमतिपत्र खारेज भएको बताएपछि निजी अस्पताल सञ्चालकहरु अन्योलमा परेका छन् ।

मुख्यमन्त्री सिंहले प्रकाशन गरेको विज्ञप्तिमा अस्थायी अनुमति पत्र दिने प्रावधान नरहेको बताइएको भन्दै चन्द्रपुर नगरपालिकाले अस्थायी अनुमतिपत्र खारेज गरेको जनाएको छ । यसबाट उपचारका नाममा सर्वसाधारणलाई बन्धक बनाएर रकम असुल्दै आएका चन्द्रपुर नगर क्षेत्रका निजी अस्पताल तथा गरुडा नगर क्षेत्रमा रहेका निजी अस्पताल सञ्चालकहरु तिल मिलाएका छन् । अब चन्द्रपुर नगर क्षेत्रमा रहेको चन्द्रपुर अस्पताल प्राली बाहेकका सबै अस्पताल अवैध भइसकेका छन् ।

दर्ता नै नगरी आफू खुसी घरबाट लिएर अस्पताल सञ्चालन गर्दै आएका चन्द्रनिगाहपुरका केही निजी अस्पताल सञ्चालकहरू बुधबार बिहानै ज्ञापन पत्र लिएर रौतहटका प्रमुख जिल्ला अधिकारीका पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

संसद भवन मर्मत कार्य अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

देश भर खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिने 

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

नेपाली कलाकारहरुको “हमर वाला सब से झकास बा” गीतको म्युजिक भिडियो सार्वजनिक

सन्तपुरको दलित टोलमा कुटपिट, ६ घाइते — प्रहरीमाथि पक्षपातको आरोप

रौतहटमा दलितलाई आक्रमण : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, १ जना पक्राउ

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

सिरहाको एक ल फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

मतगणना सकिएपछि समानुपातिक सिट वितरणको तयारीमा

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology