धिरेन्द्र तिवारी । बारामा सशस्त्र प्रहरीले ठुलो मात्रामा लागुआौषध गाजा सहित ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा बुधबार राती अन्दाजी ९:१५ बजेको समयमा सशस्त्र प्रहरी बिओपी बेनौलीले गाजा सहित ट्रक नियन्त्रणमा लिइएको हो ।
सो बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुवर क्षेत्रीको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले बाराको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगरबाट कोतवाली तर्फ जादै गरेको ना .८ ख ९०२७ नम्बरको ट्रकलाई चेक जाँच गर्दा गाजा बरामद भएको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त ट्रक रोक्न खोज्दा चालक फरार भएको बताइएको छ । ट्रकलाई चेकजाँच गर्दा चालक बस्ने सिटको बर्नर भित्र र ट्रकको हुड माथी लुकाई छिपाई राखिएको १०३ किलो लागु औषध गाजा सहित उक्त ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कर्वाही प्रक्रिया अगाडि बढाईएको सशस्त्र प्रहरी बाराका प्रमुख प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी गराए।
सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार ट्रक चालकको खोजी कार्य सशस्त्र प्रहरीले गरिरहेका छन् ।