काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखाका विभिन्न शक्तिपिठको दर्शनका लागि गोरखा जाने भएका छन्।
ज्ञानेन्द्रको सचिवालयले उनी यही चैत ९ गते गोरखा जान लागेको बताएको छ। गोरखामा रहँदा उनले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ।
प्रजातन्त्र दिवसका अवसरमा आफूलाई सहयोग गर्न भिडियो सन्देश जारी गरेका पूर्व राजा शाह त्यसपछि विभिन्न शक्ति पीठको दर्शन गर्ने नाममा सर्वसाधारणसँग भेटघाटलाई तीव्र बनाएका छन्।
यस्तै एक महिना पोखरा बसाइपछि काठमाडौं फर्किएका उनलाई त्रिभुवन विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए। अहिले राजा फर्काउने भन्दै राजावादीहरुले विभिन्न आन्दोलनको घोषणा गरेका छन्।