Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल

अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल

वासिङ्टन, ६ चैत । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ ।

यसैबिच, अब ट्रम्प प्रशासनले ४३ देशको सूची तयार गरेको छ, जसका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने योजना रहेको छ। यो सूची तीन भागमा विभाजित छ, रातो, सुन्तला र पहेंलो। ती देशहरूलाई रातो सूचीमा राखिएको छ, जहाँ कुनै पनि नागरिकलाई अमेरिका प्रवेश गर्न दिइने छैन। यो सूचीमा भारतका ४ छिमेकी राष्ट्रको नाम पनि परेको छ र तीमध्ये भुटानको नाम पनि छ ।

ओरेन्ज लिस्टः पाकिस्तान र रुसलाई ट्रम्प प्रशासनले ओरेन्ज लिस्टमा राखेको छ, जसको मतलब त्यहाँ आप्रवासी र पर्यटकको प्रवेशमा कडा सर्तहरू हुनेछन्। तर, प्रभावशाली व्यक्ति तथा व्यवसायिक प्रयोजनका लागि आउने व्यक्तिले अनुमति लिन सक्नेछन् । यस सूचीमा म्यानमार, बेलारुस, हाइटी, लाओस, इरिट्रिया, सियरा लियोन, दक्षिण सुडान र तुर्कमेनिस्तान पनि परेका छन् ।

रेड लिस्टः  रातो सूचीमा परेका देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइने छ । यसमा सामान्यतया अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन जस्ता समस्याग्रस्त र अमेरिका विरोधी देशहरू समावेश छन्। तर, यसपटक भुटानको नाम पनि यो सूचीमा परे पछि धेरैलाई आश्चर्यमा पारेको छ ।

एल्लो लिस्टः पहेंलो सूचीमा २२ देशहरू समावेश छन्, जसलाई उनीहरूको सुरक्षा र भिसा प्रक्रिया सुधार गर्न ६० दिनको समय दिइने छ। यदि तिनीहरू त्यसो गर्न असफल भएमा तिनीहरूका नागरिकहरू पनि प्रतिबन्धको अधीनमा हुन सक्छन्। यो सूचीमा अंगोला, एन्टिगुवा र बारबुडा, कम्बोडिया, क्यामरुन, चाड, कङ्गो, माली, लाइबेरिया, भानुअतु र जिम्बाब्वेजस्ता देशहरू समावेश गरिएको छ ।

रेड लिस्टमा भुटान, आश्चर्यजनक
भुटानलाई संसारको सबैभन्दा खुसी देशमा गनिन्छ तर पनि यस निर्णयको पछाडि केही महत्त्वपूर्ण कारणहरू बताइएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार गत वर्ष ३७ प्रतिशत भुटानी नागरिक भिसाको म्याद सकिए पछि पनि अमेरिकामा बसेका थिए । पछिल्लो समय गैरकानूनी माध्यमबाट अमेरिका पुग्ने भुटानी नागरिकको संख्या बढेको छ । प्रतिवेदनका अनुसार राष्ट्रिय सुरक्षाका लागि भुटानको यो आबादी खतरा मानिएको छ ।

अब भुटानका प्रत्येक नागरिकले अमेरिकाको भिसाका लागि लामो प्रमाणीकरण प्रक्रियाबाट गुज्रनु पर्नेछ । धेरै अवस्थामा तिनीहरूको भिसा आवेदन बिना कारण अस्वीकार गर्न सकिन्छ। यो निर्णयले अमेरिकामा पहिले देखि नै बस्दै आएका भुटानी नागरिकको थप छानबिन पनि हुनेछ। विशेष गरी उच्च शिक्षा वा कामका लागि अमेरिका जाने विद्यार्थी र व्यवसायीहरू प्रभावित हुनेछन्। भुटानको विदेश मन्त्रालयले यो निर्णय पुनरावलोकन गर्न अमेरिकालाई औपचारिक अपील गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

भ्रष्टचारको आरोप लागेका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बाराको सिमराबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

काठमाडौंमा असार ७ गते वृहत राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology