कलैया । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड बाराको सिम्रौनगढमा आउने भएको छ ।
भोलि चैत्र ७ गते बिहीबार बिहान ६ बजे सिम्रौनगढको रानिवास देखि मर्निङ वाक गर्दै जनता सङ्ग भेट घाट गर्ने माओवादी नेता श्याम किशोर यादवले जानकारी दिएका हुन् ।
मधेश तराई जागरण अभियान कार्यक्रमको क्रममा बिहान ९ बजे स्व.नेता हरिहर यादवको सालिकमा माला अर्पण कार्यक्रम पनि रहेको बताइएको छ ।
पुर्व प्रधानमन्त्री प्रचण्ड सङ्गै केन्द्र, जिल्ला एवं स्थानीय नेता कार्यकर्ताको व्यापक सहभागिता रहने नेता श्याम किशोर यादवले जनाए ।