जितपुर । फागु पूर्णिमाको राति जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा राति भएको झडप र गोली चलेको घटनामा अभिव्यक्ति तीन जनालाई पक्राउ गरी अनुसन्धान आघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विश्वराज पण्डितले जानकारी गराएका छन् ।
उनले घटनामा वडाध्यक्ष सुनिल गुप्ता र गोली चलाउने गिरी परिवारका परशुराम गिरीका नाती किसान र कुणाल गिरीलाई पक्राउ गरी फागुन ४ गते सोमबार अदालतको आदेशमा साथ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए।
यो घटनामा गिरी परिवारले वार्ड अध्यक्ष गुप्ता सहितका व्यक्तिहरू र विन्दुश्री गुप्ताले परशुराम गिरी सहित निजका छोरा र राजेश र राजा तथा पक्राउ परेका नाती किसान र कुनाल विरुद्ध जाहेरी दिएका छन् ।
प्रवक्ता पण्डितले दुवै पक्षबाट परेका जाहिरीमा एक दर्जन बढी नामहरू रहेको र अहिलेसम्म प्रहरीले तीन जनालाई पक्राउ गरेको बताए। उनले बाँकी अभिव्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको बताए। यो घटनामा गिरी पक्षबाट वडाध्यक्षले दलबल सहित आफ्नो घरमा आएर कुटपिट सुरु गरेको र आत्मरक्षाका लागि लाइसेन्सधारी बन्दुकबाट हवाई फायर गरि ज्यान जोगाइएको बताएको छ भने वडाध्यक्ष पक्षबाट गिरी परिवारले सोही बन्दुकबाट गोली चलाएर ज्यान लिने प्रयास गरेको आरोप लगाएको छ । प्रहरी प्रवक्ता पण्डितले दुवै तर्फको जाहेरी परेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।