कलैया । बाराको कलैया उप-महानगपालिका ५ घुसुकपुर स्थित कोठा भाडामा लिएर बसेका अभिनास यादवको टिभी र पैसा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बारा प्रहारीले यादव बस्ने कोठाबाट दुई लाख तीस हजार नगद र अभियान टेलिभिजन चोरी गरेको आरोपमा सिम्रौनगढ ९ बासवरिया बस्ने अनुरुध साहलाई पक्राउ गरेको हो ।
अभियुक्त साह फागुन २९ गते टिभी र नगद चोरी गरेका थिए । चोरी भएको जानकारी पश्चात् चैत ३ गते दिउँसो २ बजेको समयमा साहलाई उनको घरबाट पक्राउ गरेको प्रहरीले जनाए ।
चोरी गरेको साहलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएर चोरी सम्बन्धी कसुर मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान अगाडी बढाएको जानकारी गरएको छ ।