पर्सा । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अहिले सम्मको प्राप्त जानकारी अनुसार २० प्रतिशत मत खसेको छ ।
आज बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो १ः३० बजेसम्म २० प्रतिशत अर्थात २ हजार मतदान मात्र भएको निर्वाचन प्रमुख दिलीप सिंह ले जानकारी दिएका छन्।
१६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको उक्त क्याम्पसको निर्वाचनका लागि तयार गरिएको ९ मतदानस्थलमा १०,७२९ जना मतदाता रहेका छन् । जसमध्धे सभापति पदका उम्मेदवार मात्रै १४ जना रहेको निर्वाचन प्रमुख सिंहले जानकारी बताए।
सो क्याम्पसमा विद्यार्थीहरूले मतदान गर्न पाउँदा एकदमै हर्षित भएका छन् । निर्वाचन शान्तिपूर्ण निर्वाचनका लागि प्रहरीहरु सकृय रहेका छन् ।