मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ १ जनाको मृत्यु भएको छ ।
चितवनबाट हेटौडा तर्फ आइरहेको बा ४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवन तर्फ जादै गरेको बा।प्र।०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका– २ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस