वीरगन्ज । पर्सा जिल्लाको सबै भन्दा भ्रष्ट अड्डाको रुपमा परिचित यातायात व्यवस्था कार्यालय वीरगन्जले होलि खर्चको नाममा पत्रकारहरुलाई लाखौं रुपैया नजरानाको रुपमा बितरण गरिरहेको खबर प्राप्त भएको छ।
प्राप्त जानकारी अनुसार कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्ण तथा ट्रायल शाखा प्रमुख नवाज अंसारीको निर्देशनमा ट्रायल फांटकै कर्मचारीहरु नासु बद्री दाहाल र श्यामसुन्दर साहले ट्राक्टर फांटमा बसेर बिरगंजका करिब १ सय बीस जना पत्रकारहरुको लिष्ट तयार गरि हैसियत अनुसार ५ हजार देखि ५० हजार रुपैयांसम्म खामबन्दी ‘नजराना’ बितरण गरिएको खबर प्राप्त भएको हो ।
उक्त कार्यालयबाट हुने गैरकानुनी कृयाकलापलाई ढाकछोप गर्न पत्रकारहरुलाई नजराना बितरण गर्न लागिएको बुझिएको छ।
यातायात कार्यालय पर्सामा चरम सिमा भन्दा माथी पुगेर बिदेश भएकाहरुदेखी ट्रायल र लिखित फेल हुनेसम्मलाई कमिशन लिएर एजेन्टका माध्यमले सवारी लाईसेन्स बितरण गर्ने गरिएको खबर विभिन्न संचार माध्यमबाट समचार प्रकाशित हुँदै आएका छ्न ।
सोही कारणले जिल्लाका १२० जना पत्रकारहरुलाई नजबन्दका लागि नजराना स्वरुप होलि खर्चको नाममा रकम बाडिएको हुन सक्ने अनुमान गरिएको छ । यो समाचार छानबिन निउज डट कमबाट साभार गरिएको छ ।