काठमाडौं । देशमा रहेका थारु भातृ संगठनहरु माघीमा मात्रै सक्रियता देखाएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको भनाई रहेको छ ।
थारु पत्रकार संघ नेपाल, केन्द्रिय कार्यसमितिको छैठौं राष्ट्रिय महाअधिवेशनको शनिबार आयोजित खुल्ला सत्रको कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा थारुहरु माघीमा मात्रै सकृय रहेको बताउनु भयो ।
मन्त्री चौधरीका अनुसार थारुहरु जुन सुकै संघ संस्थामा आवद्ध भए पनि पद पाउन मात्रै ललायित रहे पनि आ-आफ्नो पदिय दायित्व पूरा गर्न असमर्थ रहेको देखिन्छ ।
कार्यक्रम आयोजना गर्दा खर्च मात्रै देखियो, उपलब्धि शुन्य रहेको बताउनु हुँदै जातिय प्रबर्द्धन तथा संरक्षणका निम्ति काम गर्न नसके कम्तीमा बिहान र बेलुका समय दिएर आ-आफ्नो बाल बच्चाको पढाई-लेखाईमा सहयोग गरियो भने थारुहरु आफैं अगाडि बढ्दै जाने मार्ग दर्शन गराउनु भयो ।
थारुहरु खान र पचाउनमा मात्रै अगाडि रहेको सुनाउदै भबिष्यका कर्णधारहरुबाट गाली खानबाट बच्ने हो भने आजै देखि थारु कल्याणकारी, थारु पत्रकार लगायत सम्पुर्ण थारु कर्मचारी, नेता र जनता सुध्रिनु पर्ने सल्लाह समेत मन्त्री चौधरीले दिनु भयो ।