Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

मेयरद्वारा गौर राइस मिलको जग्गा बेच्ने निर्णयको चौतर्फी बिरोध

मेयरद्वारा गौर राइस मिलको जग्गा बेच्ने निर्णयको चौतर्फी बिरोध

सञ्जय मिश्रा, रौतहट –  रौतहटको सदरमुकाम गौरको मुटुमा रहेको खेल मैदान गौर राइस मिलको जग्गा  बिक्री गर्ने मेयर शम्भु साहको निर्णयको चौतर्फी बिरोध सुरू भएको छ। मेयर साहले जग्गा बिक्री गर्ने निर्णय मंगलबार सार्वजनिक गरेका थिए।

जनप्रतिनिधि, विभिन्न राजनितिक दलका नेता, नागरिक समाज, खेलाडी, शिक्षकलगायत सबै पक्षबाट आ-आफ्नै तरिकाले गौर राइस मिलको जग्गा बिक्री गर्न नहुने, गरिएको निर्णय फिर्ता हुनुपर्ने माग उठ्न थालेको हो।

मेयर साहले मंगलबार साँझ नगरको कार्यकक्षमा पत्रकार सम्मेलन गरेर राइस मिलको जग्गा बिक्रीका लागि फुकुवा गर्ने नगर कार्यपालिका बोर्डको निर्णय भएको जानकारी गराएपछि गौरमा चर्चाको विषय बनेसँगै पक्ष र विपक्षमा सामाजिक सञ्जाल फेसबुक तातिएको छ।

मेयर साहले उक्त निर्णय गरेर नगरवासीहरूको हितमा काम गरेको दाबी गर्दै  केही तत्वहरू गलत प्रचारमा लागिरहेको बताएका थिए। पत्रकार भेटघाटमा उनले गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न यसअघि नै नगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरिसकेको थियो।

तर उक्त रकम  पर्याप्त नहुँदा संघीय तथा प्रदेश सरकारसँग थप रकमको माग गरिएको बताएका थिए। अधिग्रहणका लागि मधेश प्रदेश सरकारबाट १५ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कानुनी जटिलता र देशको आर्थिक संकटका कारण नगरपालिकाले सो रकम प्राप्त गर्न सकेन। नगरपालिकाले पटक-पटक पहल गरे पनि आवश्यक बजेट प्राप्त गर्न कठिनाई भएपछि अन्तत: जग्गा बिक्रीको निर्णय गर्नुपर्ने बाध्यता भएको मेयर साहले बताए।

‘मैले गौर राइस मिल एण्ड फ्लोर कम्पनीका सञ्चालक समितिसँग वार्ता गरी सहमति गरेको छु। विगतदेखि खेल मैदानको रूपमा प्रयोग हुँदैआएको २ बिघा १५ कठ्ठा जग्गा मिल सञ्चालक समितिले निशुल्क रूपमा गौर नगरपालिकाको नाममा पास गर्ने सहमति भएको छ,’ उनले भने।

राइस मिलको जग्गामा रहेको सार्वजनिक बाटो र धर्मशाला नगरको नाममा ल्याएर सुरक्षित गरिने उनले बताए।  बाँकी जग्गा कम्पनीलाई फुकुवा गर्ने निर्णय नगरपालिकाले गरिसकेको छ ।

गौर नगरबासीलाई कुनै भ्रममा नपर्न उनले आग्रह गर्दै नगरपालिकाले कुनै आर्थिक लगानी नगरी पूर्ण रूपमा नि:शुल्क रूपमा जग्गा प्राप्त गर्न लागेको स्पष्ट पारेका थिए।

अदालतले गौर राइस मिल्सको जग्गा फुकुवा गर्ने फैसला गरिसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  फुकुवा गर्ने निर्णय दिइसकेको छ।

मालपोत विभागले  जग्गा रोक्का राख्नु नपर्ने  परिपत्र  गरिसकेको छ। नगरपालिकाले कानुनी रूपमा सम्भव नभएको कुनै पनि कार्य नगरेको मेयर शम्भु साहले जिकिर गरेका छन्।

गौर नगरको सम्पत्ति  गुम्न दिन नहुने  संरक्षणका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको मेयर साहले बताएका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले मेयर साहले गरेको निर्णय सिंगो जिल्लाबासीको लागी दुर्भाग्यपूर्ण रहेको भन्दै दुःख व्यक्त गरेका छन्।

‘गौर राइस मिलको उक्त जग्गा नगरवासीको मुटु र जिल्लाबासीको धरोहर रहेको छ, म स्वयम् यसअघि गौर नगरपालिकाको मेयर हुँदा उक्त जग्गा अधिग्रहणको लागि पटक पटक प्रयास गर्दा पनि केही भू-माफियाको कारण असफल भएको थियो,’ उनले भने।

आफ्नो कार्यकालमा अदालतको आदेश विपरीत उक्त जग्गा रोकेर राखेको तर वर्तमान मेयर साह आफैं अदालतमा उपस्थित भएर जग्गा बेच्ने गरेको निर्णयले नगरबासीको सपना चकनाचुर भएको उनको भनाइ छ।

गौरमा सार्वजनिक मेला महोत्सव गर्ने, ठूलो खेलको आयोजना गर्ने कुनै स्थान छैन उनले भने यसमा आर्थिक चलखेल भएको छ। सार्वजनिक जग्गा संरक्षण गर्ने दायीत्व भएको मेयर साहलाई जग्गाको भागबण्डा गर्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे।

राइस मिल गौरको जग्गा बिक्री रोक्नको लागि आफूले केन्द्रमा आवाज उठाउने र संघर्ष गर्ने गुप्ताले बताएका छन्।

उता नेपाली कांग्रेसका नेता तथा सोही क्षेत्रका प्रदेश सांसद नागेन्द्र साहले राइस मिल गौरको जग्गा जनताको धरोहर हो र बर्षौ देखी मेला महोत्सव खेल मैदानको रुपमा प्रयोग हुँदै आएको बताएका छन्।

उक्त जनताको धरोहर जग्गा अधिग्रहण गर्न मधेश प्रदेश सरकारले  तत्कालीन मुख्यमन्त्री सरोज यादवको पालामा १५ करोड रुपैयाँ विनियोजन गरिएको तर मेयर साहले नियतवश बेवास्ता गरेर आवश्यक सूचना समेत ननिकालेको प्रदेश सांसद साहले गुनासो गरेका थिए।

‘अहिले पनि केही बिग्रेको छैन गौर नगरपालिकाले राइस मिलकाे उक्त जग्गा अधिग्रहणको लागि प्रक्रिया अगाडि बढाओस्, चाहिएको रकम प्रदेश सरकारबाट दिलाउँछौं,’ उनले भने।

गौर बजारको बीचमा रहेको राइस मिलको जग्गा विक्री गर्ने निर्णय सार्वजनिक भएसँगै युवाहरूले आन्दोलनमा उत्रने घोषणा समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology