रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित परिवार आज धर्नामा बसेको छ ।
रौतहटको बौद्धिमाई नगरपालिका – ८ का स्थानीय गंगाराम बैठालाई झुठो मुद्धामा फसाउन चलखेल गरेको आरोप सहित डिएसपी रायलाई कारवाही गर्नुपर्ने र बैठालाई रिहा गर्नुपर्ने माग उनीहरुले गरेका छन्।
बौद्धिमाई नगरपालिका बंकुल बजारको दुर्गा मन्दिर छेउवामा उनीहरु धर्ना बसेका छन् । बैठाका श्रीमती चमेली देवी, छोरा दिपेन्द्र बैठा, छोरी दुर्गा रजत, भाई सुरेश बैठा, भाई धिरज बैठासहित स्थानीय एवं छिमेकीहरु धर्नामा बसेका छन्।
पीडित परिवार धर्नामा बसेपछि रौतहटका प्रहरी उपरिक्षक ९एसपी० दिलिप घिमिरेले बैठा तोडफोड घटनामा संलग्न रहेको र पुरानो कर्तव्य ज्यान मुद्धामा थुनछेक बहस हुँदा निजलाई पुर्पपक्षका लागि थुनामा राख्ने अदालतको आदेश अनुसार गौर कारागारमा रहेको बताए।
रौतहटका डिएसपी रायले एक बिज्ञप्ती जारी गर्दै तथ्यहिन, भ्रामक तथा झुठा स्टाटस सामाजिक सञ्जालमा लेखेर बदनाम गराउन खोजेकाले त्यसमा विश्वास नगर्न भन्दै त्यस्तो कार्यप्रति जिप्रकाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
गत पुस ८ गते बौद्धिमाई(८ सरमुजवामा नाला निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउँने क्रममा ढुंगामुढा भएको र जेसिवीमा तोडफोड गर्ने कार्यमा बैठा संलग्न रहेको डिएसपी रायले जनाएका छन् । साथै यो आपराधिक उपद्रव मुद्धामा चल्दैगर्दा २०५९ साल भदौ २९ गतेमा दर्ता भएको कर्तव्य ज्यान मुद्धामा समेत बैठा प्रतिवादी रहेको र सो मुद्धा मुल्तवीमा रहेकाले अदालतको गत माघ ६ गते भएको थुनछेक बहसमा बैठालाई पुर्पक्षका लागि गौर कारागार राखिएको डिसपी रायले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।
यता डिएसपी रायको बिज्ञप्ती सार्वजनिक भएपछि तोडफोडको घटनामा बैठा संलग्न रहेको भन्ने कुरा प्रमाणित गर्न आम जनता पार्टी ९आजपा०का महासचिव त्रिभुवन साह अमरले चुनौती दिएका छन्।
‘उक्त घटनामा वृद्ध गंगाराम बैठाको संलग्नता पुष्टि गर्न म डिएसपी साहेबलाई चुनौती दिन चाहन्छु । घटनास्थलमा हुँदै नभएका व्यक्तिलाई दोषी करार गर्नु अपराध हो कि होईंन रु हो भन्ने तपाई स्वम् दोषी हो। यसमा नेपाल प्रहरीका सम्बन्धित निकायले छानबिन गरोस भन्ने माग गर्दछु’ महासचिव साहले फेसबुकमा स्टाटस लेखेका छन्।