दाङ । भारतीय दूतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा अस्पतालको भवन निर्माण सुरू भएको हो। भवन निर्माण लागत चार करोड २४ लाख रुपैयाँ भएता पनि कुन निकायको कति भन्नेबारे खुलाइएको छैन।
आगामी २०८३ वैशाखमा भवन निर्माणको काम पूरा गर्ने लक्ष्य राखिएको छ।
तुलसीपुर उपमहानगर– ४ रक्षाचौरमा वि.सं २०४५ सालमा आँखा अस्पताल स्थापना भएको थियो। हालसम्म राप्ती आँखा अस्पतालले दुई लाख ४४ हजार जनाको शल्यक्रिया गरेको तथ्यांक छ। जसमध्ये ४७ हजार ९५८ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले बताए।
अस्पतालले दाङ, रोल्पा, सल्यान, रूकुम लगायत जिल्लाका आँखाका बिरामीहरूलाई सेवा दिँदै आएको छ। स्थापनायता ३९ लाख ७७ हजार पाँच सय बढिले अस्पतालबाट सेवा लिएको सूचना अधिकारी खड्काले बताए।
मंगलबार तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्का, भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दनले संयुक्त रूपमा भवनको शिलन्यास गरेका हुन्।