Cherwant Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’ :

रेल्वेको पाटो जिम्मा म लिन सक्छु, भन्सारको अर्थले लिनुपर्‍यो : महाप्रबन्धक झा


‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’ :

नेपालमा रेल्वे सेवा सञ्चालन भएदेखि नै घाटामा छ । रेल्वे सेवाबाट आम्दानी छैन, नसक्दा ऋण लिएर सञ्चालन गर्नुपरेको अवस्था छ ।

के कारणले रेल्वे सेवा घाटामा गएको हो रु कसरी घाटा पूर्ति गर्न सकिन्छलगायत विषयमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासँग गरिएको छोटो कुराकानी ।

दुई कार्यकालदेखि तपाईं रेल्वे कम्पनीको नेतृत्वमा हुनुहुन्छ, के छ पछिल्लो अवस्था ?
जयनगर–कुर्था रेल ५२ किलोमिटरमा सञ्चालित छ । यात्रु खचाखच छन् । यो रेल भारतीय कम्पनी कोनकन रेल्वे कर्पोरेसनद्वारा सञ्चालित छ । त्यही कम्पनीले रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पठाएको हो ।

भारतीय जनशक्ति राखेर सञ्चालन गर्दा लागत बढी परिरहेको छ । रेल सञ्चालन गर्ने जनशक्तिदेखि कम्पनी सञ्चालन खर्चसमेत गरी दुई वटा रेल सञ्चालन गर्नुपर्दा पनि अहिले घाटामा छौँ । आजमात्र होइन, नेपालमा सय वर्षदेखि रेल चल्दै आएको इतिहास छ । सय वर्षदेखि आजको दिनसम्म कहिल्यै पनि नाफामा गएको रेकर्ड छैन ।

केही दिनअघि मात्रै भारतमा भौतिक पूर्वाधार मन्त्रालयसहित टिम दुई दिन छलफल थियो । ‘प्रोजेक्ट स्टेरिङ कमिटी’को बैठक र ‘जोइन्ट वर्किङ ग्रुप’को बैठक गरी दुई वटा बैठक बस्यौँ । विश्वका सबै ठाउँमा सञ्चालित यात्रुवाहक रेल घाटामा छन् भन्ने उक्त बैठकको निष्कर्ष छ ।

भारतीय रेल्वेमा १३ लाख कर्मचारी छन् । लगभग एक लाख २८ हजार किलोमिटर रेल चल्छ त्यहाँ । वर्षमा १।६ लाख करोड भारु आम्दानी हुन्छ । हाम्रो देशको बजेटको दोब्बर रकम उनीहरूले यहीँ आम्दानी गर्छन् । त्यो आम्दानीको २५ प्रतिशत यात्रुबाट र ७५ प्रतिशत फ्रेड ट्रेन ९कार्गो रेल० बाट आउँछ । यसकै कारण भारतीय रेल्वे नाफामा छ । चीन, जापान, कोरियाजस्ता ठाउँमा चलेका रेल्वेको मुख्य आम्दानी कार्गो रेल नै हो । २५ प्रतिशत छुट्याएर हेर्ने हो भने प्रत्येक ठाउँका यात्रुवाहक रेलमा ५० देखि ६० प्रतिशतसम्म घाटा छ ।

किन हुन्छ घाटा रु यसलाई कसरी पूर्ति गर्ने त र ?
कुनै एउटा मुलुकको होइन, विश्वमै घाटामा छ । यात्रुलाई सुविधा दिने कुरा राज्यको दायित्वभित्र पर्छ । तिनीहरूसँग अत्यधिक भाडा उठाए जनतालाई मार पर्छ । फेरि रेल चढ्ने भनेका निम्न र मध्यम वर्गीय नागरिक हुन् । यातायातको पहुँच सबैसँग पुगोस् भनेर सरकारले रेल ल्याउने हो । त्यसकारण यात्रुबाट अत्यधिक भाडा उठाउन पाइँदैन ।

घाटा पूर्ति गर्ने कार्गो रेलले हो । यसका लागि झण्डै एक वर्ष तीन महिना ९१५–१६ महिना० देखि निरन्तर प्रयासमा छु । प्रत्येकचोटि मैले मिटिङमा कार्गो रेल चलाउन सकिँदैन भने घाटामा जान्छौँ भनेको छु । यात्रुबाट हामीले धेरै पैसा उठाउन मिल्दैन । भारतको रेल्वे टिमले पनि यही विषयमा बुझाएको थियो ।

यसमा सरकारको शतप्रतिशत लगानी हुन्छ र फाइदा हुनेगरी आशा नगरेर लगानी गर्छ । किनभने, यो लगानी भनेको राज्यको दायित्व हो । कार्गो रेल चलाउन मैले जुन पहल गरिरहेको छु, यसमा राज्यको अग्रसरताको आवश्यकता छ ।

मैले एउटा कुनामा बसेर निर्णय लिएर हुँदैन । कार्गो रेल चलाउन अध्ययन हुनुपर्‍यो । भन्सार हुनुपर्छ । सबै सुरक्षा व्यवस्था हुनपर्छ । यो लाइनमा मन्त्रालय सधैँ तयार रहनुपर्ने हो । म रेल्वेको पाटो जिम्मा लिन सक्छु, भन्सारको अर्थले जिम्मा लिनुपर्‍यो ।

अर्को, उद्योग वाणिज्य मन्त्रालयको क्षेत्रमा पर्छ । यसमा मैले लगातार प्रयास गरिरहेको छु । सय वर्षदेखि आजको दिनसम्म कहिल्यै पनि नाफामा छैन रेल्वे । सामान पनि महँगो शुल्कमा ढुवानी हुँदै आएको छ । भारत र बंगलादेशबाट ट्रकमा सामान आउँछ । यसरी ढुवानी हुँदा खर्च बढ्दा, सामानको मूल्य बढ्छ । व्यापारीलाई ल्याउन पनि निकै झन्झट हुन्छ । आजसम्म रेल नाफामा जान नसक्नु भनेको कार्गो रेललाई जोड्न नसक्नु हो ।

यो कुरा जोड्न राज्यको ठुलो लगानी जरुरी छ । बच्चा जन्मिनेबित्तिकै भोलि नै फाइदा लिन सकिँदैन, पहिला हुर्काउनुपर्‍यो नि । रेललाई पनि राज्यले लगानी गर्नुपर्‍यो । त्यसका लागि राज्यले अहिले पहल गर्दै छ ।

रेल सञ्चालनका लागि मासिक कति आवश्यक पर्छ रु मासिक आम्दानी र कम्पनीमा कर्मचारी कति छन् रु
आम्दानी विवरण अडिटको रिपोर्ट नगरी आउँदैन । अहिले १ सय ५० स्टाफ छन् । यसमध्ये रेल सञ्चालनका लागि चालकसहित अन्य प्राविधिकको टोली २३ जना छन् । र १ सय २७ जना अन्य कर्मचारी रेल्वे कम्पनीमा कार्यरत छन् ।

जीटूजी सम्झौता प्रक्रियाबाट भारतीय जनशक्ति ल्याइएको छ । नेपालमा रेल सञ्चालनका लागि ऐनमा उल्लेख भएअनुसार जनशक्ति छैनन् । नेपालसँग नभएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भारतीय कर्मचारी ल्याउनुपरेको छ ।

विगतमा रेल चल्छ कि चल्दैन भनेर निराशा थियो । निराशा समाप्त भयो । तीन खेप गनेर रेल आउने जाने गरेको छ । आगामी महिनादेखि दैनिक चार खेप आउने जाने बनाउन लाग्दै छौँ । कमसेकम दुई घण्टामा रेलको सुविधा भएपछि आवतजावत सहज हुन्छ । अहिले पर्यटक पनि बढिरहेका छन् । अरू विभिन्न क्षेत्रबाट यसले सकारात्मक प्रभाव पारेको छ ।

कम्पनीलाई नाफामा लैजान रेल्वे सेवामा थप विस्तार गर्ने योजना छ र?
फाइदा हुने मात्र एउटा विकल्प छ । त्यो हो, कार्गो रेल । यसमा सरकार पनि सकारात्मक छ । यस विषयमा एउटा मन्त्रालयको तर्फबाट मात्रै पनि डिसिजन लिएर हुने होइन । इमिग्रेसन, कस्टम, सुरक्षा चाहिन्छ । पहल गरिरहेका छौँ, सायद यो होला । भारतसँग भएको संवादलाई चाँडै निष्कर्षमा पुर्‍याउनेछौँ ।

भङ्गाहासम्म रेलमा सामान ल्याइयो भने ट्रकमा राखेर बर्दिबासदेखि खुर्कोट हुँदै रातको समयमा काठमाडौँसम्म माल ढुवानी गर्न सकिन्छ । व्यापारीलाई सजिलो हुन्छ । लगानीभन्दा अहिले तत्काललाई समन्वय जरुरी छ । सम्बन्धित मन्त्रालयलाई त्यो खालको सूचना जानुपर्‍यो ।

तत्काललाई कार्गो रेल चलाउन समस्या भएन । कमसेकम चलाएर एउटा म्यासेज दिनुपर्छ र आफ्नो खुट्टामा आफै उभिने गरी लाभ लिन सकिन्छ ।

भन्सार तत्काल राख्नु पर्‍यो । जनकपुरमा अहिले पनि दुई ओटा भन्सार छन् । एउटा रेल्वेका लागि भनिएको थियो, अर्को ट्रकबाट आउने सामानका लागि हो ।

पहिला रेलका लागि भनिएको भन्सार आज पनि प्रयास गरेर प्रयोगमा ल्याउनुपर्‍यो । त्यसपछि तत्काललाई समस्या समाधान हुन्छ र आम्दानी सुरु हुन्छ । रातोपाटीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मालपोत कार्यालय पोखरियाले २ महिनामा अनठाउन लाख भन्दा बढी राजस्व संकलन गरे

मालपोत कार्यालय पोखरियाले २ महिनामा अनठाउन लाख भन्दा बढी राजस्व संकलन गरे

होटेल साउले गल्ती स्विकारे पनि अनैतिक गतिविधिको वकालत गर्दै इन्फिनिटीकर्मी चौधरी

होटेल साउले गल्ती स्विकारे पनि अनैतिक गतिविधिको वकालत गर्दै इन्फिनिटीकर्मी चौधरी

वीरगन्जको राज पार्टी प्यालेसले दर्ता नभएको र कर छल्न तीन वटा संस्थाको बोर्ड लगाए  

वीरगन्जको राज पार्टी प्यालेसले दर्ता नभएको र कर छल्न तीन वटा संस्थाको बोर्ड लगाए  

नर्सरी व्यवसायीको आयोजनामा ‘ दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो` हुने

नर्सरी व्यवसायीको आयोजनामा ‘ दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो` हुने

कोल्हवी नगरपालिकाको सम्पुर्ण वडामा सार्वजनिक सुनवाइ सम्पन्न, जनताको गुनासो मेटियो 

कोल्हवी नगरपालिकाको सम्पुर्ण वडामा सार्वजनिक सुनवाइ सम्पन्न, जनताको गुनासो मेटियो 

राजावादीको प्रदर्शनमा मुकेश चौधरीको पसल जलेर नष्ट हुँदा थाकस बाराद्वारा छतिपुर्तीको माग

राजावादीको प्रदर्शनमा मुकेश चौधरीको पसल जलेर नष्ट हुँदा थाकस बाराद्वारा छतिपुर्तीको माग

Natraj Technology advertisement

ताजा समाचार

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बारामा २२ किलो लागू औषध गाँजासहित एक ब्याक्ति पक्राउ

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाराको चकरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

ट्राफिक प्रहरी राजकुमार गोलेको ब्रह्मलुट : वीरगञ्ज यातायात कार्यालयमा सेटिङ मिलाएर रकम असुली

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सखुवाप्रसौनीमा विद्यार्थी केन्द्रित १० दिने “कामको संसार चिनाउने कार्यक्रम”  शुरु

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सर्लाहीमा नेपाली कांग्रेसप्रती क्रेज बढदै

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

सिम्रौनगढको पुर्व अधिकृत जैसवाल र प्रशासन शाखा प्रमुख चौधरी बिच झडप

Load More

हाम्रो बारेमा

डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology