कलैया । बारा जिल्लाको जीतपुरसिमरा १ स्थित राज होटेलबाट लागु औषध सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । सो होटेलको कोठा नम्बर १०५ मा लागु औषध सहित बसिरहेको बिशेष सुचनाको आधारमा चक जाँच गर्दा लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
इलाका प्रहरी कार्यालय सिमरा बारा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको प्रहरी टालीले सोमबार १७० ग्राम लागु औषध ब्राउन सुगर सहित भारतिय नागरिक विहार राज्य मोफासिल सिवाना जिल्ला चनौर ग्राम पञ्चायत १४ बस्ने गौतम कुश्वाहा, जिल्ला पुर्वी चम्पारण रमगढवा थाना सिंहसनी ग्राम पञ्चायत ७ बस्ने रंजन क्मार सिंह र सोही ठेगाना भएको संजिव कुमार रामलाई नियन्त्रणमा लिइएको प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक संतोष तामाङ्गका अनुसार पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ ।