कलैया । बाराको कलैयामा रहेको यातायात व्यवस्था कार्यालयबाट नककली मेडिकल रिपोर्ट बनाउने ठेली फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोलीले छडेके अनुगमन गर्दा फेला परेको हो ।
प्रमख जिल्ला अधिकारी बसन्त अधिकारीको अनुसार अनुगमनको क्रममा नककली मेडिकल रिपोर्ट बेचिरहेको अवस्थामा तिन जनालाई बिचौलियालाई पक्राउ गरी नियन्त्रणमा लिइएको छ । पक्राउ परेका तिनै जना माथी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक संतोष तमाङ्गले जानकारी दिनु भयो ।
सो अनुगमनमा नायब प्रहरी उपरिक्षक बिजय राज पंडित, प्रशासन कार्यालयका नायब सुब्बा अरुण साह लगायतको टोलीको सहभागिता रहेको थियो । अनुसनधान पश्चात थप जानकारी दिने जिल्ला प्रह।री कार्यालयले बताएको छ ।