काठमाडौँ । बलिउडका भाइजान उर्फ सलमान खानलाई ठुलो झट्का लागेको छ । निर्देशक एटलीले आफ्नो आगामी फिल्ममा अब उनको ठाउँमा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई कास्ट गर्न लागेका छन् । यो फिल्ममा एक होइन तीन अभिनेत्रीहरू देखिनेछन् ।
६०० करोड हुनेछ फिल्मको बजेट
पिपिङ मुनको हालैको रिपोर्ट अनुसार बलिउडका दिग्गज अभिनेता सलमान खान निर्देशक एटली कुमारको आगामी फिल्ममा देखिने छैनन् । यो फिल्ममा अब अभिनेता सलमानको सट्टा पुष्पा फेम अल्लु अर्जुनलाई कास्ट गरिनेछ । यो एक्सन फिल्म पुनर्जन्मको विषयवस्तुमा आधारित हुने र यसको बजेट ६०० करोड भारु हुने रिपोर्टमा बताइएको छ । पहिला एटलीले यो फिल्ममा सलमानलाई खेलाउन चाहेका थिए । तर अब उनले आफ्नो मन परिवर्तन गरेका छन् ।
रिपोर्टका अनुसार सलमानका पछिल्ला फिल्महरूको प्रदर्शनका कारण एटलीले उनलाई यति ठुलो फिल्ममा नराख्ने निर्णय गरेका हुन् । फिल्म मल्टी–स्टारर हुनेछ । यसलाई सन पिक्चर्सले पनि पैसा लगाउने योजना बनाइरहेको बताइएको छ । पहिले निर्देशकले यो फिल्म सलमान खान र रजनीकान्तलाई लिएर बनाउन चाहेका थिए । अब आफ्नो योजना परिवर्तन गर्दै, एटलीले अल्लु अर्जुनलाई कास्ट गरेका छन् । उनले अर्को अभिनेता खोजिरहेको बताइएको छ ।
निर्देशक एटली कुमारको आगामी एक्सन फिल्ममा तीन अभिनेत्रीहरू देखिनेछन् । यसमा मुख्य भूमिकामा जान्हवी कपूरको नाम अगाडि छ । फिल्मको छायांकन वर्षको अन्त्यसम्ममा सुरु हुने अपेक्षा गरिएको छ । हाल यस फिल्मको पोस्ट प्रडक्सनको काम चलिरहेको छ । यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।