वीरगञ्ज : पटेर्वा सुगौली गाउँपालिका वाड नम्बर ५ मनिहरवाका एकल महिला कृष्णावती देवी कुटपिटबाट घाइते भएको पटेर्वा सुगौलस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
सामान्य विवादका क्रममा आइतवार बेलुका सोही स्थानका जोगिन्द्र मिश्र, कलावती मिश्र र ज्ञानेन्द्र मिश्रले एकल महिलालाई लाठी प्रहार गरी कुटपिट गरेका थिए ।
घाइते भएकी महिलाको टाउँको र नाकमा चोट लागेको छ ।
कुटपिटबाट घाइते एकल महिलाको वीरगञ्ज न्यूरो एण्ड जेनरल होस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न ज्ञानेन्द मिश्रलाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।