कोल्हबी । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ९ स्थित श्रीपुर–मुसहर्ना सडक खण्डमा गरिएको पिच सेट हुन नपाउँदै उक्काइएको प्रसाई निर्माण सेवाको भनाई रहेको छ । सो निर्माण सेवाका प्राविधिकका अनुसार पिच सेट हुन कम्तीमा पनि एक हप्ता देखि दश दिन लाग्ने भएर सेट हुन नपाउँदै उक्काइएको निर्माण सेवाको भनाई रहेका छन् ।
भर्खरै केही दिन अगाडी समाजिक संजालमा पिच उक्काई रहेको भिडियो अपलोड गरिएका थिए । तर पिच गरिएको ३ दिन मात्रै बित्दा सेट नभएको कारण साइड साइडको पिच गिलो भएको कारण सजिलै उक्कीएको सो निर्माण सेवाका संचालक हरीबंस प्रसाईले आफ्ना प्रतिकृया दिएको हो ।
प्रसाईका अनुसार बिपक्षीहरुले ब्याक्तिगत एवम् राजनैनिक प्रतिशोधका कारण केही बर्ष अगाडी कोल्हबी बजार देखि बगेवा जाने बाटो निर्माण गर्ने बेला पनि पिच उक्काएका थिए तर त्यही पिच सेट भइसक्दा बिभिन्न निकायले अनुगमन तथा निरिक्षण गर्दा गुणस्तरिय प्रमाणित भएको छ ।
बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीको बिशेष पहलमा करिब एक करोड रकमको बजेटमा निर्माण हुन लागिएको शुरुवात अवस्थामा सो बाटो निरिक्षण गर्न जाँदा साँसद मैनाली लगायत पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, गोविन्द पौडेल, टिना सुवेदी वडा नम्बर ९ का स्थानिय वडाध्यक्ष दलबहादुर चौधरीलाई समेत मुच्छिएर केही संचार माध्यमले समाचार बनाउनु पुर्व सम्पुर्णको प्रतिकृया सहितको सामाचार बनाएको भए अझै उत्कृष्ट हुने निर्माण सेवाका संचालक प्रसाईले बताए ।
यस्ता कुराले बदनाम गर्न मात्रै खोजिएको प्रष्ट भएको सुनाउँदै संचालक प्रसाइले– अनुगमण गर्नु, गुणस्तर जाँच गर्नु नराम्रो कुरा होइन, हामी सम्पुर्णको लागि प्रभावकारी नै हुने बताउँदै बाटो उक्काउनु पुर्व र समाचार लेख्नु भन्दा अगाडी सम्बन्धित निकाय तथा प्राविधिक संग समन्वय गरि प्रतिकृया लिएको भए जनता भ्रममा पर्ने थिएन भन्दै हाम्रा सम्वाददातालाई जनाए ।