कलैया । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा फरार रहेका १६ जना प्रतिवादीलाई पक्राउ गरी कलैया स्थित बारा जिल्ला अदालतमा बुभाई दाखिला गराएका छन् ।
प्रहरीले प्रेस नोट जारी गर्दै जिल्लाका बिभिन्न स्थानबाट खोजतलास गरी फरार रहेका १६ जना प्रतिवादीहरूलाई नियन्त्रणमा लिई अदालतमा दाखिला गराएका हुन् ।
पक्राउ पर्नेमा दिनेश साह कलैया ५ कसुर चेक अनादर जरिवाना २,००० रुपैया, सुरेश प्र. यादव प्रसौनी २ कसुर चेक अनादर जरिवाना ३,००० रुपैया, आनन्द कुशवाहा आदर्शकोतवाल ६ कसुर खोटा चलन सजाय कैद १ बर्ष ३ महिना र जरिवाना २५,०००रुपैया, राज कुमार श्रेष्ठ निजगढ ९ कसुर सवारी ज्यान जरिवाना २,००० रुपैया, छोटेलाल श्रेष्ठ निजगढ ९ कसुर गाली बेईज्जती जरिवाना २०० रुपैया, शिवलाल श्रेष्ठ निजगढ ९ कसुर गाली बेईज्जती जरिवाना २०० रुपैया, बिष्णु श्रेष्ठ निजगढ ९ कसुर गाली बेईज्जती जरिवाना २०० रुपैया, तारा गुरुङ निजगढ ८ कसुर सार्वजनिक अपराध जरिवाना ३,००० रुपैया, अमर बिश्वकर्मा निजगढ ५ कसुर सार्वजनिक अपराध जरिवाना १,००० रुपैया, सेती माया श्रेष्ठ निजगढ ९ कसुर गाली बेईज्जती जरिवाना २०० रुपैया, भगवाती सिग्देल निजगढ ३ कुटपिट लुटपिट जरिवाना १०० रुपैया , कर्ण बहादुर वाईबा निजगढ १० कसुर हातहतियार खरखरजना जरिवाना ५,००० रुपैया, बिश्वास थापा मगर निजगढ ७ लागु कसुर औषध कैद सजाय २ दिन जरिवाना २,००० रुपैया, धर्मेन्द्र सहनी जितपुरसिमरा ७ कसुर लागु औषध गाँजा कैद सजाय १ महिना जरिवाना २०० रुपैया, बिलट मियाँ कलैया ३ बैकिङ कसूर जरिवाना ९ लाख ९० हजार रुपैया, शन्त बहादुर थिङ निजगढ १० कसुर भबितव्य ज्यान कैद सजाय २२ दिन र जरिवाना ५०० रुपैया रहेका छन् ।
पक्राउ परेका प्रतिवादीहरूलाई कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइएको छ ।