धादिङबेशीमा आयोजित दुई दिने बागमती साहित्य महोत्सव फागुन १७ गते सम्पन्न भएको छ । साहित्यिक महोत्सवमा कला र साहित्य, राजनीतिकका साथै विभिन्न विषयहरूमा साहित्यिक व्यक्तिसङ्ग साहित्यिक व्यक्तिहरूको बीचमा भलाकुसारी,लेखन सिप सम्वन्धी अन्तरक्रिया, राजनीतिक बहस लगायत रचना बाचन गरिएको थियो ।
”साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा साहित्यकार देखि राजनीतिज्ञहरुले विभिन्न शीर्षकमा बहस गरेका थिए ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको मुख्य आयोजनामा भएको महोत्सवको सह आयोजक भने नीलकण्ठ नगरपालिका र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान रहेका थिए ।
महोत्सवले बागमती प्रदेशका साथै धादिङ जिल्लामा रहेका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धनमा विशेष सहयोग पुर्याएको साथै आगामी दिनमा पनि सहयोग पुग्ने आयोजकले जनाएको छ ।
फागुन १६ गते शुक्रबार धादिङबेसीको नीलकण्ठ बालमन्दिर मा वि मा बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटाले महोत्सबको उद्घाटन गरेका भने १७ गते नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले कार्यक्रम समापन गरेका थिए ।